close

आज काठमाडौंको सडक बन्यो अस्तव्यस्त, पार्टीकाे र्‍यालीमा देखिए बालबालिकादेखि वृद्धवृद्धा (भिडियाे खबर

आज काठमाडौंको सडक बन्यो अस्तव्यस्त, पार्टीकाे र्‍यालीमा देखिए बालबालिकादेखि वृद्धवृद्धा (भिडियाे खबर

ADVERTISEMENT

देशभरका पालिकामा के भए ? कुन जनप्रतिनिधिले के काम गरे ? कसले कहाँ अनियमितता गर्‍यो ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर

 

१) पाल्पाको रिब्दीकोट गाउँपालिका-८ मा मृगलाई हानेको बन्दुकको छर्रा लागेर १३ वर्षीय बालक लक्ष्मण छहरीको मृत्यु, ३ सिकारी प्रहरीको नियन्त्रणमा ।

 
२) शीतलहरका कारण अत्यधिक चिसो बढेपछि रूपन्देहीको बुटवल उपमहानगरपालिकाका विद्यालय तीन दिनसम्म बन्द, लुम्बिनी प्रदेशका तराई क्षेत्रको जनजीवन बढी प्रभावित ।

 

३) भूमिहीनलाई जग्गा प्राप्तिको निवेदन स्थानीय तहमा बुझाउन  भूमिसम्बन्धी समस्या समाधान आयोगको आग्रह, निवेदन ३५ दिनभित्र बुझाउनुपर्ने ।

 

४) सम्झौताअनुसार बक्यौता रकम नपाएपछि उखु किसान फेरि आन्दोलित, किसानले गरे चरणबद्ध आन्दोलनको घोषणा ।

 

५) धनुषाको जनकनन्दिनी गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष भोगेन्द्र पाठकको उपचारको क्रममा भारतमा निधन, वडावासी शोकमा ।

 

६) कास्कीको पोखरा महानगरपालिका र माछापुच्छ्रे गाउँपालिकामा पशुमा लाग्ने खोरेत रोगको प्रकोप, कृषक चिन्तित ।

 

७) अपांगता भएका व्यक्तिहरूका लागि समुदायमा आधारित कार्यक्रम सञ्चालन गर्न आवेदन दिन काभ्रेको नमोबुद्घ नगरपालिकाले जारी गर्‍यो सूचना, इच्छुक संघ-संस्थाले नगरपालिकामा आवेदन दिनुपर्ने ।

 

८) ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले कोरोनाका कारण वैदेशिक रोजगारी गुमाएर फर्किएकालाई समूहगत रूपमा अनुदान दिने, ८ वटा वडाका लागि ४० लाख रुपैयाँ विनियोजन ।

 

९) म्याग्दीको बेनी नगरपालिकामा भूमिसम्बन्धी समस्या समाधान आयोगको लगत संकलन इकाइ स्थापना, अब भूमिहिनको लगत संकलन गरिने ।

 

१०) प्रतिनिधिसभा विघटनको विरोधमा काठमाडौंमा नेकपाको प्रचण्ड-नेपाल पक्षको जनप्रदर्शन, सडक अस्तव्यत, प्रदर्शनमा बालबालिकाको समेत प्रयोग ।

 

११) नवलपरासी पश्चिमको सुनवल नगरपालिकाको आयोजनामा मानसिक स्वास्थ्य र मनोपरामर्शसम्बन्धी तालिम सम्पन्न, कार्यक्रममा स्वास्थ्यकर्मीहरूको सहभागिता ।

 

१२) सल्यानमा कोरोना संक्रमणबाट जिल्ला अस्पतालमा उपचाररत शारदा नगरपालिका-३ की ९० वर्षीय वृद्धको मृत्यु, सल्यानमा हालसम्म सात सयभन्दा बढी कोरोना भाइरस संक्रमित ।


 
१३) बझाङको लाइफ लाइन मानिने खोड्पे-चैनपुर सडक खण्डमा कालोपत्रे उप्किन थालेपछि सडक डिभिजन बैतडीले पठायो जाँच टोली, गुणस्तरहीन सामग्री प्रयोग हुँदा उप्किन थाल्यो कालोपत्रे ।

 

१४) जिल्ला समन्वय समिति रूपन्देहीले गरिब परिवार पहिचान तथा परिचयपत्र वितरण गर्ने तथ्यांक संकलनका लागि १६ वटै पालिकामा सुपरिवेक्षक र गणक खटायो, १ सय ५५ गणक जिल्लामा खटिए ।

 

१५) मकवानपुरको भीमफेदी-कुलेखानी सडक खण्ड निर्माण गर्न सवारी साधन आवतजावतमा रोक, १० माघदेखि दुई दिनका लागि सवारी बन्द हुने ।

 

१६) सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले पोषण कार्यक्रम सञ्चालन गर्ने, कार्यक्रमका लागि छनोट भएका स्वयंसेवकलाई पालिकाले अन्तर्वार्ताका लागि बोलायो ।

 
१७) भक्तपुर चाँगुनारायण नगरपालिका-४ बाट १२ जुवाडे नगद १ लाख ७३ हजार रुपैयाँसहित पक्राउ, प्रहरीले थाल्यो अनुसन्धान ।

 

१८) प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत मोरङको लेटाङ नगरपालिकामा तरकारी पकेट विकास कार्यक्रम सुरु, कार्यक्रम सुरु भएपछि कृषक उत्साहित ।

 

१९) झापाको दमक नगरपालिका-८ बाट लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ, पक्राउ पर्नेमा मोरङको रतुवामाई नगरपालिकाकाका कनैया गनगाई र राजकुमार गनगाई ।

 

२०) काठमाडौंको टोखा नगरपालिकामा टिपर र मोटरसाइकल ठोक्किँदा एक जनाको ज्यान गयो,मृतक मोटरसाइकल चालक गोङबुका १७ वर्षका सञ्जीव महर्जन ।