close

माडीमा १ दर्जन पुलकाे निर्माण कार्य रोकियो 

माडीमा १ दर्जन पुलकाे निर्माण कार्य रोकियो 

Trulli
ADVERTISEMENT

चितवन (माडी)- चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले माडीमा निर्माणाधीन सबै पुल निर्माण कार्य रोकिदिएको छ ।

 

निकुञ्ज प्रशासनले नारायणगढ-माडी-ठोरी हुलाकी सडकअन्तर्गत माडीमा निर्माणाधीन अवस्थाका चिताई, मगोई, रौतने, बाँदरमुढे, परुई, रीउलगायत करिब १ दर्जन खोलाको पुल निर्माण रोकिदिएको हो ।

 

प्रारम्भिक वातावरणीय परीक्षण (आईईई) बाँकी रहेकाले प्रतिवेदन माग गरेर काम रोक्न लगाएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताए ।


पछिल्लो समय माडीमा हुलाकी बाटो र पुल निर्माणले तीव्रता पाएका थिए । लकडाउन र निषेषाज्ञाका कारण ढिलाइ भइरहेको पुल निर्माण रोकिएसँगै मजदुर र प्राविधिक कार्यस्थलबाट फर्किन थालेका छन् ।