close

धुलाबारीको आइतबारे हटिया (भिडियाे खबर)

खुला ठाउँमा सरेपछि सामान किन्ने र बेच्ने दुवैलाई सहज

धुलाबारीको आइतबारे हटिया (भिडियाे खबर)

खुला ठाउँमा सरेपछि सामान किन्ने र बेच्ने दुवैलाई सहज

ADVERTISEMENT

झापा- झापाको मेचीनगर नगरपालिकाका कृषि व्यापारीलाई लामो समयदेखि बजारीकरणको समस्या थियो । ठाउँ सानो, भीडभाड धेरै हुने आइतबारे हटियालाई व्यवस्थित गर्ने माग व्यापारीले गर्दै आएका थिए ।

 

बल्ल स्थानीय सरकारको पहलमा हाटबजार स्थानान्तरण भएको छ । सानो ठाउँमा लागेको बजार अब धुलाबारी माविको २ बिघा जग्गामा सरेसँगै व्यापारीलाई व्यापार गर्न सहज हुँदै गएको छ ।

 

लामो समयसम्म विकास निर्माणको पर्खाइमा रहेको मेचीनगर वडा नम्बर १३ को पछिल्लो समय मुहार फेरिँदै गएको छ । देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएर जननिर्वाचित प्रतिनिधि छानिएपछि तीव्र रूपमा यो वडाको विकास हुन थालेको हो ।

 

आइतबारे हटियालाई स्थानीय तहको पहलमा स्थानान्तरण गरिएको छ । सानो ठाउँमा भीडभाडका साथ लागिरहेको हटियालाई खुला ठाउँमा सारिएको छ । धुलाबारी माविको २ बिघा जग्गामा बजार सारेसँगै अहिले व्यापार गर्न सहज भएकाे व्यापारी गोपाल साह बताउँछन् ।

 

नयाँ बजारमा वडाको पहलमा ७ वटा टहरा निर्माण सम्पन्न भइसकेका छन् । व्यापारीको संख्या धेरै भएकाले ती टहरा पर्याप्त छैनन् । नयाँ ठाउँ र गहिरो भूभाग भएकाले वर्षाको समयमा पानी र हिलोको समस्या हुने व्यापारी वीरबहादुर मगरले सुनाए ।


अहिलेको नयाँ बजारलाई व्यवस्थितसँगै वडाले पुरानो बजार क्षेत्रमा सब्जी भण्डारण र बिक्रीका लागि ३९ वटा सटर निर्माण प्रक्रिया अगाडि बढाएको छ । अहिले सब्जी बजारको रूपमा चारआलीमा हटिया लाग्ने गरेको छ ।

 

त्यो स्थानमा रहेको एक बिघा जग्गामा वडाले ४ वटा सटर निर्माण गरेको र बाँकी सटर निर्माण योजना सुरु भएकोे वडाले जनाएको छ । अब बन्ने सटरमा स्थानीय उत्पादन बिक्री वितरणका प्राथमिकता दिइने मेची नगर नगरपालिका वडा नम्बर १३ का वडाध्यक्ष कृष्णराज सिग्देलले जानकारी दिए ।


चारआली सब्जी मण्डी भनेर चिनिएको हालको आइतबारे सब्जी बजारमा पाँचथर इलाम हुँदै भारतबाट समेत सब्जी आयात हुने गरेको छ । यहाँबाट प्रदेश १ विभिन्न भूभागमा सब्जी निर्यातसमेत हुने गर्छ ।

 

एक सिजन पहाडी भेगबाट यहाँ सब्जी आयात हुन्छ भने एक सिजन यहाँबाट पहाडी भेगमा सब्जी निर्यात हुने गरेको छ । योसँगै तराईका विराटनगर, इटहरी, धरान, दमकलगायतका क्षेत्रमा यहाँबाट सब्जी निर्यात हुन्छ ।