close

पाथीभरा याङ्बरकमा नयाँ प्रशासकीय अधिकृत

पाथीभरा याङ्बरकमा नयाँ प्रशासकीय अधिकृत

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- ताप्लेजुङको पाथीभरा याङ्बरक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत फेरिएका छन् । नयाँ प्रमुख प्रशासकीय अधिकृतमा प्रमोदकुमार चौधरी आएका छन् भने यसअघिका प्रमुख प्रशासकीय अधिकृत लोकप्रसाद फागोलाई बिदाइ गरिएको छ ।

 

गाउँपालिका अध्यक्ष केशरकुमार सुब्बा र उपाध्यक्ष रनमाया गुरुङले नयाँ प्रमुख प्रशासकीय अधिकृत चौधरीलाई स्वागत र फागोलाई बिदाइ गरे । फागोले पाथीभरा याङ्बरकमा करिब १४ महिना प्रशासकीय प्रमुख भएर बिताएको गाउँपालिका अध्यक्ष सुब्बाले जानकारी दिए । 

 

नयाँ आएका प्रशासकीय प्रमुखसँग ताप्लेजुङकै विभिन्न स्वास्थ्य संस्थामा प्रशासनिक प्रमुख भएर बिताएको अनुभव छ ।