close

३ वर्षमा सूर्यविनायककाे न्यायिक समिति : १८० मुद्दा दर्ता, १२० फर्छ्याेट 

३ वर्षमा सूर्यविनायककाे न्यायिक समिति : १८० मुद्दा दर्ता, १२० फर्छ्याेट 

Trulli
ADVERTISEMENT

भक्तपुर- साढे ३ वर्षको अवधिमा भक्तपुरको सूर्यविनायक नगरपालिकामा १ सय ८० मुद्दा दर्ता भएका छन् । तीमध्ये १ सय २० वटा फर्छ्याेट भएको नगर उपप्रमुख जुना बस्नेतले बताइन् ।

 

उनका अनुसार जग्गा किचलो विषयबारे धेरै उजुरी आएका छन् । ‘हाम्रो अधिकारमा पर्नेबाहेकका उजुरीलाई जिल्ला अदालतमा पठाउँछौँ । त्यहीबाट छिनोफोनो हुन्छ’, बस्नेतले भनिन् । 

 

केही संख्यामा मात्रै लैगिंक हिंसा, मद्यपान सेवनका उजुरी आउने गरेको उनले जानकारी दिइन् । अधिकांश जग्गा किचलो, साँधसिमाना विवादबारेका मुद्दा बढी हुने गरेको बस्नेतले बताइन् । 

 

आफूलाई चाहेको अधिकार मात्रै नभई अन्यायमा परे पनि उजुरी स्थानीय सरकारमै हुन थालेको छ ।

 

सबै स्थानीय तहले आ-आफ्नै सिंहदरबारमा न्यायिक समिति गठन गरेका छन् । जहाँ सामान्यदेखि जटिल किसिमका मुद्दा तथा समस्याको उजुरी मात्रै होइन छलफलसमेत हुने गरेको छ । 

 

आफ्ना क्षेत्राधिकारभित्र पर्ने मुद्दालाई न्यायिक समितिमार्फत फर्छ्याेट गर्ने प्रयास गरिन्छ भने क्षेत्राधिकारभित्र नपर्नेलाई जिल्ला अदालतमा पठाइने गरिन्छ ।