close

रुकुम पूर्वमा थप १० नयाँ मतदान स्थलको सिफारिस 

रुकुम पूर्वमा थप १० नयाँ मतदान स्थलको सिफारिस 

Trulli
ADVERTISEMENT

रुकुम पूर्व- आगामी वैशाखमा तोकिएको निर्वाचनलाई लक्षित गरी जिल्ला निर्वाचन कार्यालय रुकुम पूर्वले पूर्वतयारी सुरु गरेको छ । आगामी १७ र २७ वैशाखमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लामा थप नयाँ १० मतदान स्थलका लागि सिफारिस भएको छ । 

 

अहिले जिल्लामा ३१ वटा मतदान स्थल, ४२ मतदान केन्द्र छन् भने २९ हजार ३ सय २४ मतदाता छन् । थप नयाँ १० मतदान स्थलको सिफारिससँगै जिल्लामा अब निर्वाचन आयोगले स्वीकृत गरे ४१ मतदान स्थल र ४२ मतदान केन्द्र कायम हुनेछन् । 

 

मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी राजकुमार राई अध्यक्षताको सरोकारवालाको बैठकले निर्वाचनका लागि जिल्लाबाट नयाँ १० मतदान स्थलको सिफारिस गरेको हो । मतदाता संख्या एवं भौगोलिक अवस्थाको आधारमा केन्द्र कायम हुने गरी सिफारिस गरिएको प्रजिअ राईले जानकारी दिए ।

 

सिस्ने गाउँपालिकामा ४ वटा, पुथाउत्तरगंगा र भूमे गाउँपालिकामा ३÷३ ठाउँमा नयाँ मतदान स्थल थपका लागि सिफारिस गरिएको जिल्ला निर्वाचन कार्यालयका निमित्त निर्वाचन अधिकारी हर्कबहादुर शाहीले बताए ।

 

‘सस्ने वडा नम्बर १ वडाको भट्टेचौर, २ नम्बर वडाको नायगाड, ४ नम्बर वडाको झाँक्रीपोले र ६ नम्बर वडाको खोपिचारमा नयाँ मतदान स्थलका लागि सिफारिस गरिएको छ’, शाहीले भने ।

 

यस्तै, भूमे वडा नम्बर ६ नाखे, ८ को कुचिबाङ, ९ को सिमचौर, पुथाउत्तरगंगा वडा नम्बर २ को हार्दिबाङ, १० को घुम्लिबाङ र ७ को जाङमा नयाँ मतदान स्थल निर्माणका लागि सिफारिस गरिएको छ । 

 

१५ देखि २१ माघसम्म मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्ने निर्वाचन कार्यालयको तयारी छ । त्यसका लागि सिस्नेमा पूर्णबहादुर बीएम, भूमेमा राजन महत्रा र पुथाउत्तरगंगामा अभिमान नेपालीलाई सहायक नाम दर्ता अधिकारीको रूपमा तोकिएको छ ।