close

राष्ट्रिय जनगणना २०७८ : ४७ हजारका लागि खुल्याे जागिर

केन्द्रीय तथ्यांक विभागले माग्याे करारमा गणक

राष्ट्रिय जनगणना २०७८ : ४७ हजारका लागि खुल्याे जागिर

केन्द्रीय तथ्यांक विभागले माग्याे करारमा गणक

Trulli
ADVERTISEMENT

काठमाडौं- केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय जनगणना, २०७८ का लागि करारमा गणक तथा सुपरिवेक्षक भर्ना आवेदन अनलाइनमार्फत माग गरेको छ । आइतबार राजधानीमा कार्यक्रम आयोजना गर्दै विभागले आवेदन खुला गरेको हो । 


करारमा कर्मचारी भर्नाका लागि केन्द्रीय तथ्यांक विभागले आइतबार नै दरखास्त आह्वान गरेको छ । इच्छुक व्यक्तिले केन्द्रीय तथ्यांक विभागको वेबसाइटमा गएर ६० दिनभित्र अनलाइन दरखास्त फारम भर्न सक्ने विभागले जनाएको छ ।

 

जनगणना २०७८ का लागि ३९ हजार गणक र ८ हजार सुपरिवेक्षक करारमा नियुक्त गर्ने भएको छ । करारमा नियुक्त जनशक्तिले नपुगे सार्वजनिक विद्यालयका शिक्षक तथा सरकारी कर्मचारीलाई लिन सकिनेछ ।

 

सुपरिवेक्षक र गणक बन्न स्नातक तह वा सोसरह शैक्षिक योग्यता तोकिएको छ । तर, भर्ना भने कुनै एक पदका लागि मात्र लिइने विभागले जनाएको छ ।

 

१ चैतदेखि प्रत्येक प्रदेश तथा जिल्लामा जनगणना कार्यालय खोलिनेछ । त्यसका लागि ५ देखि ११ चैतसम्म (७ दिने) दरखास्त उक्त कार्यालयमा बुझाउनुपर्नेछ ।

 

सरकारले जनगणनाका लागि ४ अर्ब रुपैयाँ बजेट छुट्याएको छ । त्यसमध्ये २ अर्ब गणना वर्षका लागि खर्च हुने र बाँकी २ अर्ब रुपैयाँ पछि खर्च हुने विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले जानकारी दिए ।