close

जनकपुरमा सवारीसाधन लक्षित 'श्रीवाहन एप'

जनकपुरमा सवारीसाधन लक्षित 'श्रीवाहन एप'

Trulli
ADVERTISEMENT

धनुषा- जनकपुर उपमहानगरको एउटा निजी कम्पनीले सवारी साधनलाई केन्द्रित गरी श्रीवाहन नामक एप निर्माण गरेको छ । जनकपुरधाममा सवारी साधन र यात्रु सुविधालाई लक्षित गरी एपको विकास गरिएको हो । 

 

श्रीवर्द्धन ग्रुप अफ कम्पनीले जनकपुरधाममा आफू रहेकै स्थानमा सहज हिसाबले ओहोरदोहोरका लागि सवारी साधन पाउने र चालकले समेत यात्रु पाउने समस्या समाधान गर्न एपको विकास गरेको हो । 

 

सवारी पाउन श्रीवाहन र यात्रु पाउन राइडर एपको विकास गरिएको श्रीवर्द्धनका सञ्चालक राकेशकुमार झाले जानकारी दिए । उनका अनुसार यी दुवै एप प्ले स्टोरमा गएर डाउनलोड गर्न सकिन्छ । 

 

यो एप विकास गर्ने लक्ष्य सन् २०१६ मै लिए पनि गुगल मेपिङको समस्या रहेका कारण तोकिएको समयमा निर्माण गर्न नसकिएको झाले बताए । 

 

यो एपको सुविधा लिनका लागि सार्वजननिक सवारी साधन चलाउने चालकले रजिस्ट्रेसन गराउनुका साथै एप डाउनलोड गर्नुपर्नेछ ।

 

झाका अनुसार डाउनलोड गरिएको एपले मोबाइलको डाटा अन भए मात्रै काम गर्न सक्छ । कम्पनीमा रजिस्ट्रेसन गराएका चालकलाई सुविधाबापत आफ्नो कमाइको १५ प्रतिशत कम्पनीलाई बुझाउनुपर्नेछ । 

 

कम्पनीले चालकका छोरी पढाउन रकमको १० प्रतिशत बुझाउनुका साथै स्वास्थ्य सेवासम्बन्धी सुविधा उपलब्ध गराउनेछ ।


चालकका लागि बिमा सुविधाको योजनासमेत रहेको झाले बताए । उनका अनुसार यो एपको सुविधा १५ माघदेखि लिन सकिनेछ । झाले भने, ‘हामी आफ्नो आवश्यकताअनुसार सवारी साधन आफूले चाहेको समय बोलाउन सक्छौँ ।’

 

मोटरसाइकलदेखि अटो रिक्सा र सामान ओसारपसार गर्ने ठूला गाडीसम्म एपको माध्यमबाटै बोलाउन सकिने हुँदा समय र पैसा दुवैको वचत हुने झाको भनाइ छ ।