close

विद्यालय व्यवस्थापन र वन उपभोक्ता समितिमा चुनाव : सबैमा राजनीतिकै बोलवाला

विद्यालय व्यवस्थापन र वन उपभोक्ता समितिमा चुनाव : सबैमा राजनीतिकै बोलवाला

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको निर्वाचनको झल्को दिँदै ताप्लेजुङका २ स्थानीय तहमा विद्यालय व्यवस्थापन समिति र सामुदायिक वन उपभोक्ता समितिको नेतृत्व निर्वाचनबाट टुंगो लगाइएको छ । त्यो पनि दलिय समूहमा विभाजित भएर चुनावी मैदानमा खडा भएका उम्मेदवारबीचमै ।

 

फक्ताङ्लुङ गाउँपालिकाकै नेतृत्व विद्यालय वडा नम्बर ३ लिङ्खिमस्थित सिँवा मावि व्यवस्थापन समितिको चुनावमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को समूह विजयी भयो । फुङ्लिङ नगरपालिका वडा नम्बर १० फुरुम्बुस्थित मयाम पाताल सामुदायिक वन उपभोक्ता समितिको नेतृत्व भने नेपाली कांग्रेसले जितेको छ ।


त्यहाँ कृष्णप्रसाद लिम्बू अध्यक्षमा चयन भए । नेकपा निकट गंगाप्रसाद राई, कांग्रेस निकट डम्बरबहादुर माङ्यु र मनकुमारी लेछर्बोलाई कृष्णप्रसादले पारजित गरे ।

 

विद्यालय व्यवस्थापन समितिको नेतृत्वका लागि नेकपाले मछिन्द्र लिम्बू अध्यक्ष रहने गरी प्यानल खडा गरेको थियो । कांग्रेसको समर्थनमा डाकबहादुर लिम्बू अध्यक्षका उम्मेदवार थिए । 

 

तर, विद्यालय व्यवस्थापन समितिको निर्वाचनमा नेकपाको टिम विजयी भएको भन्दै नेकपाका प्रदेश, जिल्ला तथा गाउँस्तरीय नेताहरूले विजयी उम्मेदवारहरूलाई सामाजिक सञ्जालमार्फत बधाइ दिएका छन् ।