close

हेटौंडामा बढ्यो गुण्डागर्दी, बलात्कारको आरोपमा समातीए ट्राफिक प्रहरी (भिडियाे खबर)

हेटौंडामा बढ्यो गुण्डागर्दी, बलात्कारको आरोपमा समातीए ट्राफिक प्रहरी (भिडियाे खबर)

ADVERTISEMENT

 

देशभरका पालिकामा के भए ? कुन जनप्रतिनिधिले के काम गरे ? कसले कहाँ अनियमितता गर्‍यो ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर

 

१) दाङको तुलसीपुर उपमहानगरपालिका-६ की ४८ वर्षीया आइती बुढाथोकीको कुटपिट गरी हत्या गर्ने उनकै देउरानी ४४ वर्षीया भगवती बुढाथोकी पक्राउ, प्रहरीले थाल्यो अनुसन्धान ।

 

२) खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१२ मा लाभग्राहीको बैंक खाता खोल्न शिविर सञ्चालन, अब बैंकिङ प्रणालीमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गरिने ।

 

३) मकवानपुरको हेटौंडा उपमहानगरपालिकाबाट गुण्डागर्दी गर्दै कुटपिट गरेको आरोपमा पाँच जना पक्राउ, प्रहरीले थाल्यो अनुसन्धान ।

 

४) रामेछापको मन्थली नगरपालिका-१० वडाध्यक्ष भरतबहादुर बोहोरा बलात्कार आरोपमा पक्राउ, वडाध्यक्ष बोहराविरूद्ध ३३ वर्षीया एक महिलाले महानगरीय प्रहरी वृत्त ठिमी भक्तपुरमा दिएकी थिईन जाहेरी ।

 

५) कृषिमा विदेशी लगानी भित्र्याउने सरकारी निर्णयविरुद्ध चितवनमा संयुक्त संघर्ष समिति घोषणा, आन्दोलनमा १५ वटा सरोकारवाला संघसंस्थाको सहभागिता ।

 

६) सर्लाहीको कविलासी नगरपालिका-१० बाट हतियारसहित एक जना पक्राउ, पक्राउ पर्नेमा गोडैता नगरपालिका-८ का ५० वर्षीय अरुण मिश्र ।

 

७) काठमाण्डौ महानगरपालिकाको कृषि विभागले मल वितरण तथा व्यवस्थापनका लागि सूचीकृत हुने समय एक हप्ता थप गर्‍यो, सूचीकृत हुने फार्मले मात्र मल बेच्न पाउँने ।

 

८) चितवनको खैरहनी नगरपालिका-१३ का वडाध्यक्ष बालकुमार उप्रेतीको निधनको शोकमा नगरपालिका र मातहतका कार्यालय बन्द, वडावासी शोकाकुल  ।

 

९) पर्साको वीरगञ्ज महानगरपालिका-१ छपकैयामा ११ वर्षीया बालिका बलात्कृत, बलात्कारमा संलग्न रहेको आरोपमा भारतीय नागरिक नेहाल मियाँ पक्राउ ।

 

१०) नेपालमा आउँदो बुधबारबाट कोभिड-१९ विरुद्धको खोप अभियान सुरू हुने, काठमाडौँ उपत्यकामा भने १० भन्दा बढी अस्पताबाट खोप वितरण गरिने ।

 

११) रामेछाप नगरपालिकाको आयोजनामा भएको नगर स्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न, विजयीले पाए पुरस्कार ।

 

१२) चिसो बढेपछि महोत्तरीको भंगाहा नगरपालिकाका विद्यालय केही दिनका लागि बन्दगर्ने नगरको निर्णय, विद्यार्थीको पठनपाठन प्रभावित ।

 

१३) वैशाखमा तोकिएको निर्वाचनलाई लक्षित गरी जिल्ला निर्वाचन कार्यालय रुकुम पूर्वले तयारी थाल्यो, थप १० नयाँ मतदान स्थलको सिफारिस ।


१४) कञ्चनपुरको भीमदत्त नगरपालिकाले महाकाली बहुप्राविधिक शिक्षालय सञ्चालनका लागि कानून निर्माण गर्‍यो , नगरपालिकाले महाकाली अस्पतालसित साझेदारीमा शिक्षालय सञ्चालन गर्ने ।

 

१५) सर्लाहीको धनकौल गाउँपालिकामा रहेको अन्नपूर्ण सुगर मिलका सञ्चालक राकेश अग्रवाल सम्पर्कबिहीन, उखु किसानको १७ करोड पुरानो बक्यौता मिलले तिर्न बाँकी ।

 

१६) बाग्लुङ र पर्वत जोड्ने झोलुङ्गे पुललाई विश्व रेकर्डमा राख्ने प्रक्रिया सुरु, बाग्लुङ नगरपालिकाले प्रक्रिया अघि बढायो ।

 

१७) ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले फलफूल बिरुवा रोपण कार्यक्रमका लागि किसानलाई ५० प्रतिशत अनुदान दिने, अनुदान पाउन २४ माघभित्र गाउँपालिकामा आवेदन दिइसक्नुपर्ने ।

 

१८) बहिनीको नग्न तस्बिर खिचेर दिदीको सामूहिक बलात्कार गरेमा आरोपमा रूपन्देहीबाट प्रहरी सहित दुईजना पक्राउ, पक्राउ पर्नेमा ट्राफिक प्रहरी जवान विशाल शर्मा र स्थानीय गुरुचरण चौधरी ।

 

१९) हुम्लाको सर्केगाड गाउँपालिका-६ मा रहेको बराइ स्वास्थ्यचौकी दुई महिनादेखि स्वास्थ्यकर्मीविहीन, सेवाग्राही मारमा ।

 

२०) खोटाङको साकेला गाउँपालिका-२ का वडासदस्य रत्नप्रसाद फुयाँलको भीरबाट लडेर मृत्यु ।