close

कर्णालीकाे भागमा ११ हजार डोज कोरोनाविरुद्धको खोप

कर्णालीकाे भागमा ११ हजार डोज कोरोनाविरुद्धको खोप

Trulli
ADVERTISEMENT

जुम्ला- कर्णाली प्रदेशका लागि कोरोनाविरुद्धको ११ हजार ७ सय ८० डोज खोप आइपुगेको छ । भारतले नेपाललाई दिएको १० लाख डोज खोपमध्ये ११ हजार ७ सय ८० डोज कर्णाली प्रदेशका लागि छुट्याइएको हो ।

 

संघीय सरकारको स्वास्थ्य मन्त्रालय तथा मातहतका निकाय र कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय तथा स्वास्थ्य सम्बद्ध निकायबीचको समन्वयमा खोप पठाइएको हो । अहिले खोप कर्णाली प्रदेशको नेपालगन्जस्थित मेडिकल स्टोरमा राखिएको छ । 

 

कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा निर्देशनालयका डा. रविन खड्काका अनुसार प्रदेशमा खोप आइपुगेको छ । ‘मंगलबारदेखि कर्णालीका १० जिल्लामा पठाउने तयारी छ’, उनले भने, ‘पहिलो चरणमा फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स तथा शववाहन चालकलगायतलाई खोप लगाउने तयारी गरिएको छ ।’ 

 

जनस्वास्थ्य कार्यालय जुम्लाका जनस्वास्थ्य निरीक्षक प्रेम सुमाईका अनुसार जुम्लामा पनि ३ हजार खोपको डोज मंगलबार आइपुग्नेछ । खोप आइपुगेको १/२ दिनमा लगाउने तयारी गरिएको उनले बताए । ‘पहिलो चरणमा फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मीलाई नै कोरोना खोप लगाउने तयारी छ’, उनले भने ।