close

धनुषाको उपमहानगरसहित १८ पालिकामा निर्वाचन रौनक

धनुषाको उपमहानगरसहित १८ पालिकामा निर्वाचन रौनक

Trulli
ADVERTISEMENT

धनुषा- सरकारले आगामी वैशाखमा घोषणा गरेको २ चरणको चुनावका लागि धनुषाको जनकपुर उपमहानगरसहित १८ पालिकामा सहायक नाम दर्ता अधिकारी तोकिएको छ ।

 

जिल्लास्थित निर्वाचन आयोगले आगामी १७ र २७ वैशाखमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि मतदाता नामावलीमा भएका त्रुटिको संशोधन गर्न जिल्लाका १८ पालिकामा सहायक नाम दर्ता अधिकारीलाई प्रशिक्षण दिएर आइतबारदेखि काममा खटाएको हो ।

 

१० देखि २४ माघसम्म काम सम्पन्न गर्ने गरी सम्बन्धित पालिकामा आइतबारदेखि नै दर्ता अधिकारी खटाइएको जिल्ला निर्वाचन अधिकारी पुष्पा झाले बताइन् ।

 

मतदाता नामवलीमा त्रुटि भएको खण्डमा नागरिकतासहित आफैँ उपस्थित भएर सहायक नाम दर्ता अधिकारीसमक्ष पुगेर संशोधन गर्नुपर्नेछ । झाका अनुसार कसैको मृत्यु भएको भए मृत्यु दर्तासहित नाम हटाउन निवेदन दिनुपर्नेछ ।

 

१८ जना सहायक नाम दर्ता अधिकारीले तोकिएको ठाउँमा नाम वा मतदाता नामावलीमा भएको त्रुटि संशोधनका लागि सम्बन्धित पालिकामा १६ देखि १८ माघसम्म निवेदन दिनुपर्ने जिल्ला निर्वाचन अधिकारी झाले जानकारी दिइन् ।