close

कोरोना खोपः प्रदेश २ का ८ जिल्लाको भागमा ३४ हजार भाइल, आज सबै जिल्लामा पुग्ने

कोरोना खोपः प्रदेश २ का ८ जिल्लाको भागमा ३४ हजार भाइल, आज सबै जिल्लामा पुग्ने

Trulli
ADVERTISEMENT

धनुषा– प्रदेश २ सरकारले कोरोनाविरुद्धको खोप अभियान आठै जिल्लाबाट एकसाथ सुरु गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा सम्पन्न प्रादेशिक कोरोना संकट व्यवस्थापन समितिको बैठकले १४ माघबाट ८ वटै जिल्ला सदरमुकामस्थित अस्पतालबाट कोरोनाविरुद्धको खोप अभियान सुरु गर्ने निर्णय गरेको हो ।


खोप अभियानको शुभारम्भ मुख्यमन्त्री लालबाबु राउतले वीरगञ्जस्थित नारायणी अस्पताल, आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले प्रादेशिक अस्पताल जनकपुरधाम र समाजिक विकासमन्त्री नवलकिशोर साहले गजेन्द्रनारायण सिंह अस्पताल राजविराजबाट गर्ने कार्यक्रम तय भएको स्वास्थ्य निर्देशक विजय झाले बताए ।


प्रदेश २ मा खोप अभियान सञ्चालनका लागि प्राप्त ३४ हजार भाइल १३ माघसम्म सबै जिल्लास्थित स्टोरमा पुर्‍याइने निर्देशक झाले जानकारी दिए ।

 
पहिलो चरणमा कोरोना महामारीविरुद्ध अग्र मोर्चामा खटिइरहेका स्वास्थ्यकर्मी, चिकित्सक, सुरक्षाकर्मी र सफाइकर्मीलाई खोप दिने योजना छ ।