close

४० माउ भेँडा पाल्ने किसानलाई ८० प्रतिशत अनुदान

४० माउ भेँडा पाल्ने किसानलाई ८० प्रतिशत अनुदान

Trulli
ADVERTISEMENT

ताप्लेजुङ– ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले ऊन विकासका लागि भेँडा प्रवर्धन कार्यक्रम सञ्चालन गर्ने क्रममा पशुपालकलाई ८० प्रतिशत अनुदान दिने भएको छ ।

 

सिदिङ्वाले ३० लाख र पशुपालकको ७ लाख ५० हजार लगानीमा ३७ लाख ५० हजार रुपैयाँको ऊन विकासका लागि भेँडा प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्न लागेको हो ।

 

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन लिङ्देन लिम्बूका अनुसार यस्तो अनुदान पाउन प्रतिकृषक परिवार कम्तीमा ४० भाउ भेँडा भने अनिवार्य हुनुपर्नेछ । गाउँपालिकाको चालू आर्थिक वर्षको ससर्त अनुदानबापतको रकम भेडा प्रवद्र्धन कार्यक्रम सञ्चालनका वागि खर्चिने गाउँपालिकाको पशु सेवा शाखा प्रमुख एञ्जलबाबु कार्कीले जानकारी दिए ।

 

आवेदन दिनेले २३ माघभित्र गाउँपालिकाको पशु सेवा शाखामा अनुसूची, ३ बमोजिमको दरखास्त पेस गर्नुपर्नेछ । सहकारी संस्था, कृषक समूह÷समितिको दर्ता तथा नवीकरण भएको प्रमाणपत्रको प्रतिलिपि र सहकारीको हकमा कृषि तथा पशुपालन व्यवसाय सञ्चालन गर्ने उद्देश्यले स्थापना भएको हुनुपर्ने सर्त गाउँपालिकाको छ ।

 

यस्तै, आवेदनका साथ कृषि समूह, समिति, सहकारी संस्थाको कार्यसमितिको निर्णयको प्रतिलिपि, नागरिकता वा परिचय खुल्ने प्रमाणपत्रको प्रतिलिपि, संक्षिप्त व्यावसायिक कार्ययोजना, स्थायी लेखा नम्बरको प्रतिलिपि, जग्गा धनीपुर्जाको प्रतिलिपि वा सम्झौतापत्रलगायत हुनुपर्ने छ ।