close

व्यवसायीलाई तह लगाउँदै पश्चिम नवलपरासीको रामग्राम (भिडियाे खबर)

व्यवसायीलाई तह लगाउँदै पश्चिम नवलपरासीको रामग्राम (भिडियाे खबर)

ADVERTISEMENT

पश्चिम नवलपरासी– पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाभित्र सञ्चालित ठूला विकास निमार्णका आयोजना समयमै निर्माण नभएपछि नगरपालिकाले तत्काल बनाउन ठेकेदारलाई चेतावनी दिएको छ ।

 

सडक निर्माण, हाटबजार, ५ नमुना गाउँ निर्माणलगायतका ठूला आयोजनामा समयमै काम नभएपछि तीव्र रूपमा अघि बढाउन नगरपालिकाले ठेकेदारलाई सचेत गराएको हो ।


ठेकेदारले विभिन्न बहाना बनाई योजना लम्ब्याउँदा स्थानीयले धुलोदेखि हिलोको समस्या झेल्नुपर्ने र बजार अस्तव्यस्त भएको जनगुनासो बढेपछि रामग्राम नगरपालिकाले ठेकेदारलाई दबाब दिई समयमै काम सम्पन्न गराउन दबाब दिएसँगै काम तीव्र गतिमा अघि बढेको छ । 


पछिल्लो समय देशभर पूर्वाधार निर्माणको ठेक्का पाएका ठेकेदार कम्पनी कोभिड–१९, लकडाउन र स्थानीय अवरोधका कारण निर्माणमा ढिलाइ भएको सफाइ दिँदै आएका छन् ।

 

रामग्राम नगरपालिकाभित्र सञ्चालित ठूला विकास निमार्णका आयोजना समयमै निर्माण नभएपछि नगरपालिकाले तत्काल बनाउन ठेकेदारलाई दबाब दिएसँगै आयोजनालाई तत्काल सकाउने प्रतिबद्धतासमेत आएको छ ।

 

माघ पहिलो सातादेखि पश्चिम नवलपरासीको बुद्धचोकदेखि नीलोगेट र बाइपास, झरही खोलादेखि पुरानो नगरपालिका भवनसम्मको बाटो कालापत्रे हुने ठेकेदार पक्षबाट प्रतिबद्धता आएको छ । हाटबजारका भवन रंगरोगन, नाली सफाई, बाटो कालोपत्रे, रेलिङसमेत हाली माघ मसान्तभित्र हस्तान्तरण गर्ने प्रतिबद्धता ठेकेदार कम्पनीले जनाएको सहरी विकास डिभिजन कार्यालय चितवनका आयोजना प्रमुख प्रकाश आचार्यले बताए ।


राम्रग्राम नगर प्रमुख नरेन्द्रकुमार गुप्ताको संयोजकत्वमा बसेको नगरसभाले बैठकमा सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन चितवनद्वारा नगरभित्र सञ्चालित पूर्वाधारका काम आगामी चैत्र मसान्तभित्र सम्पन्न गर्ने ठेकेदार कम्पनीलाई दबाब दिइएको थियो ।

 

निर्माण कम्पनीलाई समयमै निर्माण सम्पन्न गर्न आग्रह गर्दै प्राविधिक तथा व्यावहारिक सहयोग उपलब्ध गराइने नगरप्रमुख नरेन्द्रकुमार गुप्ताले जानकारी दिए । २ वर्षको म्याद रहेका ठेक्काको ३ वर्ष बित्न लाग्दा पनि अहिलेसम्म काम पूरा हुन सकेको छैन ।

 

पटक–पटक म्याद थप्दै समयमा काम सम्पन्न नगर्ने ठेकेदार कम्पनीलाई चैत्र मसान्त अन्तिम पटकका लागि म्याद थप गरिने र सो समयभित्र काम सम्पन्न नगरे कालोसूचीमा राखी धरौटी जफत गर्ने र दण्डितसमेत गरिने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश पन्थीले बताए ।