close

सबै प्रदेशमा पुग्यो खोप, नागरिकलाई कालीगण्डकीको ओत (भिडियो खबर)

सबै प्रदेशमा पुग्यो खोप, नागरिकलाई कालीगण्डकीको ओत (भिडियो खबर)

ADVERTISEMENT

देशभर पालिकामा के भए ? जनप्रतिनिधिले के काम गरे ? कसले कहाँ अनियमितता गर्‍यो ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर


१) सुनका गरगहनासमेतका धनमाल लुटपाटमा संलग्न रहेको अभियोगमा काठमाडौंबाट २ जना पक्राउ, पक्राउ पर्नेमा बझाङको जयपृथ्वी नगरपालिकाका सुनिलबहादुर सिंह र सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाका कृष्णबहादुर श्रेष्ठ ।

२) पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनको रत्ननगर–१ मा स्कुल बसले ठक्कर दिंँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु, मृतक सोलुखुम्बुका अनिल मगर र धरानका गौरव राई ।

३) महिलालाई लोकसेवा पढाउँदै कास्कीको माछापुच्छ्रे गाउँपालिका, कक्षामा सहभागिताका लागि १४ माघसम्म पालिकामा आवेदन दिनुपर्ने ।

४) गोरखाको धार्चे गाउँपालिकाले पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले १५ माघदेखि २५ गतेसम्म धार्चे पर्यटन महोत्सव गर्ने, महोत्सवको तयारी अन्तिम चरणमा ।

५) सातै प्रदेशमा पुग्यो कोरोनाविरुद्घको खोप, उपत्यकामा १७ वटा अस्पतालबाट खोप लगाइने ।

६) पाकिस्तानको केटु हिमाल सफलतापूर्वक आरोहण गरेर फर्किएको नेपाली पर्वतारोहीको टोलीलाई काठमाडौंमा भव्य स्वागत, माउन्ट केटुको उचाइ ८ हजार ६ सय ११ मिटर ।

७) बाग्लुङको जैमिनी नगरपालिका–९ स्थित बिजुवा माध्यमिक विद्यालयमा मावि तहको दरबन्दी नहुँदा पठनपाठन प्रभावित, नगरपालिका मौन ।

८) रामेछाप नगरपालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा धान र मकैको बिउ वितरण गर्ने, किसानले वडा कार्यालयमा सम्पर्क गर्नुपर्ने ।

९) सीपमूलक र क्षमता विकास कार्यक्रम सञ्चालन गर्न ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले माग्यो विषय विज्ञ प्रशिक्षक, २१ माघभित्र रोजगार शाखामा सूचीकृत भइसक्नुपर्ने ।

१०) स्याङ्जाको कालीगण्डकी गाउँपालिकाद्वारा अपांगता भएका व्यक्तिलाई न्यानो कपडा वितरण, चिसोको समयमा कपडा पाउँदा स्थानीय दंग ।

११) बागलुङमा हात्तीपाइले रोग चुनौतीका रूपमा खडा, नारायणस्थान र कुश्मिसेरामा पुनः भेटियो हात्तीपाइलेको जीवाणु ।

१२) उदयपुरको बेलका नगरपालिकाले उपमेयर पृष्ठ पोषण कार्यक्रमअन्तर्गत सुत्केरी महिलालाई वितरण ग¥यो पौस्टिक आहार, पौस्टिक आहार पाउँदा सुत्केरी महिला हर्षित ।

१३) आगामी निर्वाचनका लागि भक्तपुरका ६ वटा मतदान केन्द्र परिवर्तन, भक्तपुर नगरपालिकाका तीन, मध्यपुर थिमि नगरपालिकाका दुई र सूर्यविनायक नगरपालिकाका एउटा मतदान स्थल परिवर्तन गरिने ।

१४)  हुम्लाको ताँजाकोट गाउँपालिकाका सबै विद्यालयमा १५ माघबाट पठनपाठन हुने, विद्यार्थीको स्वास्थ्य सुरक्षा पहिलो प्राथमिकता ।

१५) ललाइफकाइ  भारततर्फ लगिरहेको अवस्थामा सात वर्षीया बालिकालाई धनुषाको सीमावर्ती जटही नाकाबाट गरियो उद्धार, बालिकालाई बेच्न लाने जनकपुरधाम उपमहानगरपालिका–१४ का मनोज महतो र भारत मधुबनी जिल्लाका चन्दनराम पक्राउ ।

१६) चितवनको खैरहनी नगरपालिकाले किसानको खेतबारीको माटो परीक्षण गर्ने, माटो जाँच सप्ताह १५ माघदेखि २१ गतेसम्म चल्ने ।

१७)  तलब नपाएपछि काठमाडौंको मनमोहन मेमोरियल अस्पतालका चिकित्सक र कर्मचारी आन्दोलित, १ सय २५ जना चिकित्सक र कर्मचारीले पाएनन् पारिश्रमिक ।

१८) दाङको राजपुर गाउँपालिका–१ मा रहेको सामुदायिक स्वास्थ्य इकाइ बन्द हुँदा नागरिक सेवा पाउनबाट वञ्चित, सामान्य उपचारका लागि पनि जंगलको बाटो हुँदै भारत जानुपर्ने बाध्यता ।

१९) अर्खाखाँचीको सन्धिखर्क नगरपालिकाद्वारा किसानलाई घाँस काट्ने मेसिन वितरण, पशुपालक किसानलाई हुने भयो सहज ।

२०) र, संखुवासभाको पाँचखपन नगरपालिका–३ मा ट्रयाक्टर दुर्घटनामा परी एक जनाको मृत्यु, मृतक ट्रयाक्टरका सहचालक पाँचखपन–६ का २२ वर्षीय गोविन्द कोइराला ।