close

आगलागीले गाउँ नै सखाप : ३० घर जलेर नष्ट

आगलागीले गाउँ नै सखाप : ३० घर जलेर नष्ट

Trulli
ADVERTISEMENT

जुम्ला- जुम्लाको तिला गाउँपालिका - ७ गाेठीगाउँमक आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाले आगलागीबाट ३० वटा घर जलेर नष्ट भएको बताएको छ । 

डिएसपी  माधव प्रसाद  काफ्लेका  अनुसार  अहिले पनि आगलागी नियन्त्रणमा आउन सकेको छैन । उनले  भने, `आगलागी भएको जानकारी प्राप्त गर्न वित्तिकै नेपाल प्रहरी, शसस्त्र र नेपाली सेनाको टोली घटना स्थलतर्फ पठाइएको छ ।´ 

प्रहरीका  अनुसार तिला गाउँपालिकामा रहेको प्रहरी भने घटनास्थल तर्फ पुग्न लागेको छ । आगलागी भएको गाउँसम्म पुग्न जिल्ला सदरमुकामबाट गाडीमा ४५ मिनेटको दुरीमा गाउँपालिकाको केन्द्र र त्यहाँबाट हिडेर ३ घण्टा लाग्ने  ठाउमा छ। । उक्त स्थान भौगोलिक रुपमा विकट रहेकोले सदरमुकामबाट गएको टोली बाटोमै छ ।

डिएसपी  काफ्लेले भने,  ‘हामीले जिल्लाबाट टोली पठाएका छौ । तीन वटै सुरक्षा निकायको टोली त्यसतर्फ प्रस्थान गरिसकेको छ।' स्थानीयले आगो निभाउने प्रयास गरिरहेका छन् । त्यहाँ पानीको पनि उपलब्धता नभएकोले पनि आगो नियन्त्रणमा ल्याउन समस्या भएको बुझिएको छ । आगलागीको कारण पनि पत्ता लागेको छैन , डिएसपी  काफ्लेले भने ,  यता स्थानियका अनुसार  त्यहाँका नागरिक वर्षमा ५ महिना मात्रै बसोबास गर्दछन् ।

काठैकाठको घरहरु बढिभएकोले आगलागी भएको आशंका गरिएको छ । आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन । आगलागीबाट मानविय क्षती भने भएको छैन ।