close

खोटाङका १६ सय बढीलाई कोरोना खोप दिने तयारी 

खोटाङका १६ सय बढीलाई कोरोना खोप दिने तयारी 

Trulli
ADVERTISEMENT

खोटाङ- खोटाङका १ हजार ६ सय १८ जनालाई कोरोनाविरुद्धको खोप दिने तयारी सुरु भएको छ । पहिलो चरणमा कोरोना रोकथाम तथा नियन्त्रण गर्न अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, महिला स्वयंसेविका, एम्बुलेन्स तथा शव वाहन चालक, सरसफाइमा संलग्नलाई प्राथमिकतामा राखेर खोप दिने तयारी गरिएको छ ।

 

कोरोनाविरुद्धको खोप कार्यक्रमको समन्वय र अनुगमन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मा अध्यक्षताको सोमबार जिल्ला अस्पतालमा बसेको बैठकले १५ देखि २० माघसम्म कोरोनाविरुद्धको खोप कार्यक्रम चलाउने निर्णय गरेको हो ।

 

कोरानोविरुद्धको खोप बुधबार आइपुग्ने स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिग्देलले बताए । 


जिल्ला समन्वय समितिका प्रमुख बबी चाम्लिङ सहभागी बैठकले जिल्ला अस्पतालका मेडिकल अधिकृतको नेतृत्वमा समिति गठन गठन गर्ने, स्वास्थ्य कार्यालय खोटाङका प्रमुख सिग्देललाई कोभिड-१९ विरुद्धको खोप व्यवस्थापन प्रवक्ता तोक्नेलगायतका निर्णय गरेको छ ।