close

पूर्वजनप्रतिनिधिको अनुभव संगालोको तयारीमा सिरिजंघा

पूर्वजनप्रतिनिधिको अनुभव संगालोको तयारीमा सिरिजंघा

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- पूर्वजनप्रतिनिधिले आफ्नो कार्यकालमा भोगेका महत्त्वपूर्ण अनुभवलाई गाउँपालिकाको सम्पत्तिको रूपमा संरक्षण गर्न ताप्लेजुङको सिरिजंघा गाउँपालिकाले पूर्वजनप्रतिनिधिहरूको अनुभव संगालो प्रकाशन गर्ने भएको छ ।

 
पहिलो चरणमा गाउँपालिका क्षेत्रभित्र स्थायी ठेगाना भएका पूर्वमन्त्री-सांसद, साविक जिविस-जिल्ला पञ्चायतका प्रमुख/उपप्रमुख, साविक गाविस-गाउँ पञ्चायतका प्रमुख/उपप्रमुखबाट विकास निर्माण र सार्वजनिक सेवा प्रवाहको विषयमा आफ्नो कार्यकालमा भोगेका अनुभवलाई गाउँपालिकाले सम्पत्तिको रूपमा ग्रहण गर्न लागेको हो ।

 

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेका अनुसार पालिकाभित्र स्थायी ठेगाना भएका पूर्वजनप्रतिनिधिले आफ्नो कार्यकालमा भोगेका अनुभवलाई लिपिबद्ध गरिएको सन्दर्भ सामग्री १५ फागुनभित्र गाउँ कार्यपालिकामा दिइसक्नुपर्नेछ ।

 

पूर्वजनप्रतिनिधिले आफ्नो नामथर, दर्जा, कार्यकाल, निर्वाचित हुँदाको राजनीतिक दल, जन्म मिति, हालको बसोबासको ठेगाना, हालै खिचेको पासपोर्ट साइजको फोटोसमेत संलग्न राखी कार्यानुभवलाई बढीमा ५ पेजसम्मको लेख-रचना पठाउन सकिनेछ ।

 

साविकका सिनाम, आम्बेगुदिन, सिकैचा, तेल्लोक, पेदाङ, मामांखे, खेवाङ र याम्फुदिन गाविस मिलेर अहिले सिरिजंघा गाउँपालिका बनेको छ ।