close

बुटवल उपमहानगरभित्र एकै दिन ३ वटा पक्की पुल उद्घाटन

बुटवल उपमहानगरभित्र एकै दिन ३ वटा पक्की पुल उद्घाटन

Trulli
ADVERTISEMENT

रूपन्देही– रूपन्देहीको बुटवल उपमहानगरपालिका भित्रै बुधवार ३ वटा ठूला पक्की पुलको उदटन गरिएको छ । ३ वटै पुलको अर्थमन्त्री विष्णु पौडेल बुधबार उद्घाटन गरेका हुन् । 

 

तिनाउ नदीमा निर्माण गरिएका देवीनगर पुल र बुटवल एवं तिलोत्तमाको सीमा क्षेत्र मगरघाट पुलसँगै दानव नदीमा निर्मित नयाँगाउँ पुलको उद्घाटन गरिएको हो ।


तिनाउ नदीले विभाजन गरेको बुटवललाई जोड्ने गरी निर्माण गरिएका पुलले तिनाउपारि र वारिको आउजाउ छोट्याएका छन् । ११ साउन २०७३ मा तिनाउ नदीमा आएको बाढीले देवीनगरस्थित हात्तीसुँढदेखि बुद्धनगर जोड्ने झोलुंगे पुल बगाएपछि पक्की पुल निर्माण सुरु गरिएको थियो ।


यो पुल ११ करोड ९३ लाख रुपैयाँमा निर्माण भएको हो । १ सय १० मिटर लम्बाइ र ११ मिटर चौडाइको यो पुल लुम्बिनी÷ अरनिको–एसियाटिक जेभीले ठेक्का सम्झौता गरी निर्माण सम्पन्न गरेको हो । सडक डिभिजन कार्यालय बुटवलको जिम्मेवारीमा रहेकाका यी पुल निर्माण भने ५ माघ २०७६ मै सम्पन्न भई प्रयोग गरिँदै आएको थियो ।


त्यस्तै, तिनाउ नदीमा रहेको मगरघाट पुल पनि २८७ माघ २०७६ मा सम्पन्न भई प्रयोग हुँदै आएको छ । २१ करोड ४९ लाख रुपैयाँमा निर्माण सम्पन्न गरिएको पुल २९ असार २०७३ मा सुरु गरिएको थियो ।

 

१ सय ८० मिटर लम्बाइ र ११ मिटर चौडाइको कंक्रिट प्रि-स्टेट प्रविधिमा बनाइएको यो पुल लुम्बिनी बिल्डर्सले निर्माण सम्पन्न गरेको डिभिजन सडक कार्यालय बुटवलका सूचना अधिकारी ई. कृष्ण कुँवरले जानकारी दिए । यो पुलको जिम्मेवारी भने पुल योजना पश्चिम क्षेत्र सेक्टर ४ पाल्पाले लिएको थियो ।


त्यसैगरी नयाँगाउँस्थित दानव नदीको पुल पनि बुधबार उद्घाटन गरिएको छ । ६ करोड ६५ लाख रुपैयाँ लागतको पुल निर्माण २४ असार २०६९ मा सुरु गरिएको थियो ।


स्थानीयको विवादले लामो समय अलपत्र परेका कारण यो पुल ३० भदौ २०७६ मा सम्पन्न भएको थियो । लुम्बिनी बिल्डर्सले निर्माण गरेको यो पुल ९८ दशमलव २५ मिटर लम्बाइ र ७ दशमलव २ मिटर चौडाइको छ ।


अर्थमन्त्री पौडेलले लामो समयदेखि विस्तार हुन नसकी रोकिएको बेलहिया-बुटवल ६ लेन सडक खण्डअन्तर्गत बुटवल राजमार्ग चौराहदेखि चिडिया खोलासम्मको सडक विस्तारको पनि सुरु गर्ने कार्यक्रम छ ।