close

युवालाई उद्यमी बनाउँदै चाँगुनारायण

युवालाई उद्यमी बनाउँदै चाँगुनारायण

Trulli
ADVERTISEMENT

भक्तपुर- भक्तपुरको चाँगुनारायण नगरपालिकाको मेयर उद्यमशीलता कार्यक्रमअन्तर्गत युवालाई उद्यमी बनाउन राष्ट्रिय युवा परिषद्ले सहयोग गर्ने भएको छ । नगरपालिकाले उद्यमशील कार्यक्रममा सहभागी हुन चाहने युवालाई बिनाब्याज, बिनाधितो ३ लाख रुपैयाँँसम्म ऋण दिने नीति बनाएको छ । 


नगरपालिकाका अनुसार १ हजार १२ जना युवाले उद्यमी बन्ने चाहने फर्म भरिसकेका छन् । तर, सबैलाई एकै पटक समेट्न नसकिने हुँदा क्रमशः यो आर्थिक वर्षमा ३ सयलाई उद्यमी बनाउन नगरपालिका र युवा परिषद्बीच सम्झौता भएको हो ।

 

आगामी वर्ष थप ३ सय युवालाई स्वरोजगार बनाउन दुई संस्थाबीच सहमति भएको छ । परिषद्को कार्यालय सानोथिमि भक्तपुरमा चाँगुनारायण नगर प्रमुख सोमप्रसाद मिश्र र युवा परिषद् काकार्यकारी उपाध्यक्ष माधवप्रसाद ढुंगेलले सम्झौतामा हस्ताक्षर गरे ।

 

उद्यमी बन्नेलाई पहिलो चरणबाट छनोट गरेर मानसिक र व्यावसायिक रूपमा तयार बनाउने र ऋणका लागि विभिन्न बैंकसँग सहकार्य गरिने युवा परिषद्का कार्यकारी अध्यक्ष ढुंगेलले जानकारी दिए । 

नगरप्रमुख मिश्रले युवालाई आफ्नै गाउँमा रोजगारी दिन सहुलियत ऋण, सीपमूलक तालिमका लागि नगरपालिकाले योजना बनाएर अगाडि बढेको बताए । नगरपालिकाले आफैं युवाको छनोट गरेर स्वरोजगार बनाउने भन्दा पनि विज्ञसँगको परामर्शबाटै मेयर उद्यमशीलताका छानिने उनको भनाइ छ ।


१ हजार १२ जनाबाट क्रमशः ६ सय जनालाई छनोट गर्ने र पहिलो चरणमा नेपाल बैंकसँग भएको सम्झौताअनुसार ३ सय जनालाई ऋण दिइनेछ,’ नगर प्रमुख मिश्रले भने । २ सय ५० जना युवा एक वर्षमा काम सुरु गरेर उद्यमी भए मात्रै सकारात्मक सन्देश प्रवाह हुने नगर प्रमुख मिश्रको भनाइ छ ।

 

उद्यमीमा छनोट भएका युवाले पाँच वर्षभित्र क्रमशः साँवाब्याज भने सम्बन्धित बैंकलाई फिर्ता गर्नुपर्नेछ ।