close

कञ्चनजंघाको पानीलाई अन्तराष्ट्रिय बजारमा पुर्‍याउन जुट्यो गाउँपालिका

मिनिरल वाटर उद्योग खोल्ने तयारी

कञ्चनजंघाको पानीलाई अन्तराष्ट्रिय बजारमा पुर्‍याउन जुट्यो गाउँपालिका

मिनिरल वाटर उद्योग खोल्ने तयारी

Trulli
ADVERTISEMENT

ताप्लेजुङ– कञ्चनजंघा हिमालबाट उत्पत्ति हुने पानीको उपयोग गर्दै ताप्लेजुङको सिरिजंघा गाउँपालिकाले आफ्नै स्वामित्वमा मिनिरल वाटर उद्योग स्थापना गर्न सम्भाव्यता अध्ययन गर्ने भएको छ ।

 

कञ्चनजंघा हिमालबाट उत्पति हुने पानीको संरक्षण, संवद्र्धन र उपयोग गर्न गाउँपालिका आफ्नै स्वामित्वमा मिनिरल वाटर उद्योग स्थापनाका लागि सम्भाव्यता अध्ययन थालेको हो ।

 

माइक्रोबायोलोजिस्ट बिनोद लेखक नेतृत्वको अध्ययन टोलीमा इन्भाइरोमेन्टल साइन्टिस प्रकाशचन्द्र अर्याल र जियोलोजिस्ट भरतप्रसाद भण्डारी गरी ३ जना रहनेछन् । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेका अनुसार ‘कञ्चनजंघाको पानी, हाम्रो आम्दानी’ कार्यक्रमअन्तर्गत कञ्चनजंघाबाट उत्पत्ति हुने पानीबाट मिनिरल वाटर उद्योग स्थापना गर्न सम्भाव्यता अध्ययन थालिएको हो ।

 

अध्ययन टोलीले आउँदो १७ फागुनभित्र प्रारम्भिक अध्ययन प्रतिवेदन दिएपछि उद्योग स्थापना प्रक्रिया अघि बढ्नेछ ।

 

अध्ययन प्रतिवेदनले कञ्चनजंघा हिमालबाट उत्पत्ति हुने पानीबाट मिनिरल वाटर उद्योग स्थापना गर्न सकिने अवस्था औँल्याए गाउँपालिकाले आफ्नै स्वामित्वमा उद्योग स्थापना गरी आम्दानीको स्रोत बनाउन सकिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घिमिरेले जानकारी दिए ।

 

विश्वको तेस्रो र नेपालको दोस्रो (८,५८६ मिटर) अग्लो शिखर कञ्चनजंघाको १ मोहडा सिरिजंघाको याम्फुदिनमा पर्छ ।