close

५० मेगावाट बिजुली उत्पादन गर्ने दार्चुलामै बल्दैन बिजुली (भिडियो खबर)

५० मेगावाट बिजुली उत्पादन गर्ने दार्चुलामै बल्दैन बिजुली (भिडियो खबर)

ADVERTISEMENT

दार्चुला- जलविद्युतको सम्भावना बोकेको दार्चुलामा झण्डै ५० मेगावट बढी विद्युत उत्पादन भएर देश उज्यालो बनाएको छ । राष्ट्रिय प्रशारण लाइनमा पनि जोडिएको छ । तर, तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेको ३० मेगावाटको चमेलिया जलविद्युत आयोजना भने अझै पूर्ण हुन सकेको छैन ।

 

ओाजनास्थलको वरपर न त विद्युत बल्यो, न त पोल नै ठडियो । देशभर विद्युत माग पुर्‍याउन सहयोग गरेको दार्चुलाकै अधिकांश गाउँ भने अन्धकारमै छ । विद्युत नहुँदा समस्या भएपछि अहिले स्थानीय आन्दोलनमै उत्रिन थालेका छन् । 

 

२०७४ माघ २७ मा दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर १ शिखर बलाँचमा निर्माण भएको ३० मेगावाट चमेलिया जलविद्युत आयोजनाको तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरे । त्यो बेला स्थानीयले विद्युत नपाएको भन्दै आक्रोश पोखेपछि प्रधानमन्त्री देउवाले तत्कालै विद्युतीकरण शुरु गरिने आश्वासन दिए । तर उनले दिएको आश्वासन अहिलेसम्म पूरा हुन सकेन । 

 

विद्युत उद्घाटन गरेको चार वर्ष भयो, अहिलेसम्म आयोजनास्थलकै वरिपरि न त विद्युत बल्यो, न पोल नै ठडियो । अहिले पनि शैल्यशिखर नगरपालिकाका अधिकांश वस्ती अन्धकारमा छन् । विद्युत नपाएपछि यहाँका स्थानीय अहिले आन्दोलित बनेका छन् । 


दार्चुलाको चमेलियाको बत्ती राष्ट्रिय प्रसारणमा जोडिँदा पूरै सुदूरपश्चिम उज्यालो बनेको छ । तर चमेलिया वरिपरीका वस्ती अन्धकारमा छ । यति मात्र हैन, नगरपालिका क्षेत्रमा अपर नौगाड र नौगाड खोलाबाट १७ मेगावट विद्युत उत्पादन भएर त्यहि राष्ट्यि प्रसारण लाईनमा जोडिएको छ । विद्युतीकरणका लागि ठेक्का भएको लामो समयसम्म पनि काम नहुँदा ठेकेदार र प्राधिकरणले लापरबाही गरेको स्थानीयको गुनासो छ । 


गाउँमा विद्युतीकरण नभएको केहि दिन अघि स्थानीयले ३३ केभी प्रसारण लाईन नै अवरुद्ध गरेपछि अहिले विद्युत प्राधिकरण र निर्माणले व्यवसायीले काम थालेका छन् । विद्युत नपुगेको भन्दै शैल्यशिखर नगरपालिकाका स्थानीय अहिले आन्दोलित छन् । तर, विद्यूत प्राधिकरण दार्चुला वितरण केन्द्र भने सामान आपूर्ति नहुँदा निर्माणमा ढिलाई भएको बताउँदै आएको छ । 


जलविद्युतको धनी मानिएको दार्चुलामा सयौं मेगावट विद्युत अहिले पनि उत्पादन भइरहेको छ । ९ वटा स्थानीय तह रहेको दार्चुलाका २ वटा गाउँपालिका र अन्य सात वटा स्थानीय तहका अधिकांश वडा र वस्तीहरुमा अझै नेपाल विद्युत प्राधिकरणको राष्ट्यि प्रसारण लाईन जोडिएको छैनन् । जसको कारण अहिले स्थानीय विद्युतको लागि आन्दोलन गर्न बाध्य बनेका छन् ।