close

बाग्लुङले सम्झियाे सहिद

बाग्लुङले सम्झियाे सहिद

Trulli
ADVERTISEMENT

बाग्लुङ- देशमा प्रजातन्त्रका लागि प्राण उत्सर्ग गर्ने सहिदप्रति श्रद्धा व्यक्त गर्दै यो वर्ष पनि बाग्लुङमा सहिद दिवस मनाइएको छ । सदरमुकाम बाग्लुङ बजार छेवैमा रहेको सहिद पार्कमा रहेका शालिकमा माल्यार्पण गरेर सहिद दिवस मनाइएको हो ।

 

निरंकुुश राणा शासनविरुद्ध क्रान्ति गर्ने शुक्रराज जोशी शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठलाई मृत्युदण्ड दिइएको दिनलाई स्मरण गर्दै ४ सहिदलाई सम्झिएको हो । बाग्लुङमा पनि हरेक वर्ष १६ माघमा मूल समारोह सहिद पार्कमा हुने गरेको छ । 


सहिदहरूको तस्बिर र शालिकमा माल्यापर्ण गर्दै जिल्ला समन्वय समिति उपप्रमुख विष्णु भुसालले सहिदको सम्मानका लागि उनीहरूले परिकल्पना गरेको व्यवस्थाको रक्षा हुनुपर्ने बताए ।

 

‘अहिले राजनीतिक अवस्था संकटमा पर्दै गएको छ । यही अवस्थामा सहिदका सपना पूरा गर्न सकिँदैन,’ भुसालले भने, ‘सहिदको सपना पूरा गर्न हामीले व्यवस्था जोगाउनैपर्छ ।’

 

बाग्लुङ नगरपालिका प्रमुख जनकराज पौडेलले सहिदको सपना पूरा गर्ने दायित्वबाट भाग्न नमिल्ने बताए । प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले सहिदको सम्झना मात्रै गरेर नहुने धारणा व्यक्त गरे । 

 

सहिद दिवस मूल समारोहको बाग्लुङ नगरपालिकाले व्यवस्थापन गर्ने गरेको छ । कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, नगरपालिकाका कर्मचारी र सर्वसाधारणको सहभागिता थियो ।