close

५ करोडका योजना पठाउन संघीय मन्त्रालयको  पत्र

५ करोडका योजना पठाउन संघीय मन्त्रालयको  पत्र

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- तपाईंको स्थानीय तहले साना विकास परियोजनामार्फत गाउँमा चाहिने विकासका लागि आवेदन गरेको छ ? छैन भने चाँडै गर्नुस् । गाउँ आउने ५ करोड रुपैयाँसम्मको अनुदान रोकिएकला ।

 

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको विकास सहायता समन्वय शाखाले भारत सरकारको सहयोगमा सञ्चालित साना विकास परियोजनाका लागि परियोजना प्रस्ताव पेस गर्न देशभरका स्थानीय तहलाई परिपत्र गरेको छ ।

 

मन्त्रालयले सामुदायिक विद्यालय भवन, अस्पताल, स्वास्थ्य चौकी, योग केन्द्र, रक्त सञ्चार केन्द्र एवं प्रसूति केन्द्र, फोहोरमैला व्यवस्थापन, खानेपानी आयोजना र कृषि पूर्वाधार निर्माणतर्फ सिचाँइ, शीतभण्डार तथा कृषि उपज प्रवद्र्धन केन्द्र निर्माणका लागि बढीमा ५ करोड रुपैयाँसम्मका परियोजना प्रस्तावका लागि आवेदन दिन स्थानीय तहहरूलाई भनेको हो ।

 

परियोजना प्रस्ताव पेस गर्दा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर), सम्बन्धित स्थानीय तहको लागत साझेदारीको प्रतिबद्धतासहित स्थानीय तहका कार्यपालिकाको निर्णय र औपचारिक पत्र, पूर्वाधार निर्माणका लागि आवश्यक जग्गाको उपलब्धता सुनिश्चित भएको प्रमाण पेस गर्नुपर्नेछ । 

 

यस्तै, भवन निर्माण गर्नुपर्ने अवस्थामा माटो परीक्षण प्रतिवेदनसमेत संलग्न राखी परियोजना प्रतिवेदनसहित आबवेदन दिनुपर्ने मन्त्रालयका शाखा अधिकृत सुदर्शन अर्यालले बताए ।