close

१२ घण्टाको २० खबरः चेलीलाई लोकसेवा, राप्तीमा जताततै पुलपुलेसा (भिडियो खबर)

१२ घण्टाको २० खबरः चेलीलाई लोकसेवा, राप्तीमा जताततै पुलपुलेसा (भिडियो खबर)

ADVERTISEMENT

देशभर पालिकामा के भए ? जनप्रतिनिधिले के काम गरे ? कसले कहाँ अनियमितता गर्‍यो ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर

 

१) बाक्लो हुस्सु र चिसो बढेका कारण धनुषाको मिथिला नगरपालिकाका विद्यालय पाँच दिन बन्द, विद्यार्थीको पठनपाठन प्रभावित ।

 

२) सहिद दिवसको अवसरमा देशैभरि विभिन्न कार्यक्रम, बैतडीको दशरथचन्द नगरपालिकामा सार्वजनिक बिदा, मातहतका कार्यालय पनि बन्द ।

 

३) काठमाडौंको बूढानीलकण्ठ नगरपालिकाको आयोजनामा महिला समूहका सदस्यहरूका लागि भएको उद्यमशील सशक्तीकरण विषयक ५ दिने तालिम सम्पन्न, तालिममा २ वडाका महिलाको सहभागिता ।

 

४) नवलपुरको मध्यबिन्दु नगरपालिकामा उपप्रमुख चेली बचाउ तथा पढाउ कार्यक्रमअन्तर्गत लोकसेवा कक्षा सुरु, कक्षामा किशोरी र महिलाको सहभागिता ।


 
५) दाङको राप्ती गाउँपालिका-८ बिजौरीमा प्रदेश पूर्वाधार विकास प्राधिकरणको कार्यालय स्थापना, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले गरे कार्यालयको उद्घाटन ।

 

६) पारिश्रमिक नपाएको भन्दै काठमाडौंको मनमोहन अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारी आन्दोलित, सेवा प्रभावित ।

 

७) महोत्तरीको भंगहा नगरपालिकामा बर्थिङ सेन्टर स्थापना, नगरप्रमुख सञ्जीव साहले गरे उद्घाटन ।

 

८) सहिद दिवसको अवसरमा तनहुँको व्यास नगरपालिकाले आयोजना गरेको म्याराथनको उपाधि त्रिभुवन आर्मी क्लबका देवराज महतराले हात पारे, उपाधिसँगै ८५ हजार ७७ रुपैयाँ पुरस्कार ।

 

९) प्रहरीद्वारा मकवानपुरको कैलाश गाउँपालिकाका विभिन्न क्षेत्रमा लगाइएको १३ बिघा अफिम खेती नष्ट, जिल्लाभर गाँजा र अफिम खेती पहिचान गरी नष्ट गर्ने अभियान सुरु ।

 

१०) सहिद दिवसको अवसरमा पाल्पाको तिनाउ गाउँपालिकाका कर्मचारीले गरे कार्यालय परिसरमा सरसफाइ, कार्यक्रममा कर्मचारीको उल्लेख्य सहभागिता ।

 

११) बाँकेको बैजनाथ गाउँपालिकामा रहेको टिटिहिरिया स्वास्थ्य चौकीकी अनमी रमा भारतीको कोरोना संक्रमणका कारण मृत्यु, कोरोनाको त्रास अझै कायमै ।

 

१२) झापाको कन्काई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले आफू चढ्ने गाडी दिए प्रहरीलाई, यसअघिसमेत गाडी किन्न छुट्याएको ५० लाख रुपैयाँ प्राविधिक शिक्षाका लागि प्रदान ।

 

१३) ३६ वटा गाई मारिएको घटनामा जिल्ला अदालत सुर्खेतले नेपालगञ्ज उपमहानगरपालिकाका १२ जना नगर प्रहरीलाई सुनायो तीन महिनादेखि डेढ वर्षसम्म कैद सजाय,  उच्च अदालत जाने उपमहानगरको निर्णय ।

 

१४)  देशभरका स्थानीय तहमा मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन, मतदान केन्द्र पनि पुनरावलोकन गरिने ।

 

१५) इलामको सूर्योदय नगरपालिकाले बनायो स्थानीय पाठ्यक्रम, आगामी शैक्षिक सत्रदेखि कार्यान्वयमा आउने ।

 

१६) सुर्खेतमा कोरोना खोप लगाएका एक जनामा गम्भीर असर, डोल्पामा पनि १० जनामा लगाइएको खोपमा दुई जनामा असर ।

 

१७) काभ्रेको पनौती नगरपालिकाद्वारा किसानको खेतबारीको माटो परीक्षण, परीक्षण २५ माघसम्म चल्ने ।

 

१८) भारतसँग जोडिएका सुदूरपश्चिमका सबै नाका खुला, अब सहज आवतजावत गर्न सकिने ।

 

१९) चितवनको माडी नगरपालिकाले मातहतका कर्मचारीको स्वेच्छिक सहयोग रकम संकलन गरी एम्बुलेन्स सञ्चालन गर्ने, नगरप्रमुख ठाकुरप्रसाद ढकालले गरे १ महिनाको तलब दिने घोषणा ।

 

२०)  मकवानपुरको बकैया गाउँपालिका-४ छतिवनमा ना ३ ख ३३४४ नम्बरको यात्रुवाहक बस दुर्घटना हुँदा २० जनाभन्दा बढी घाइते ।