close

भक्तपुरमा ठेक्का प्रणालीको विकल्पमा उपभोक्ता समिति (भिडियाे खबर)

स्थानीयले विकास निर्माणमा अपनत्व महसुस गर्ने दाबी

भक्तपुरमा ठेक्का प्रणालीको विकल्पमा उपभोक्ता समिति (भिडियाे खबर)

स्थानीयले विकास निर्माणमा अपनत्व महसुस गर्ने दाबी

ADVERTISEMENT

भक्तपुर- तपाईंको स्थानीय तहमा कुनै विकास निर्माण भइरहेको छ वा हुन लाग्यो ? या कुनै आयोजनामा अनियमितता भयो भने त्यसको ठेकेदार कम्पनी कुन हो भन्ने खुल्दुली हुँदैन ? पक्कै हुन्छ होला । किनकि, स्थानीय तहका प्रायः विकास निर्माण वा आयोजना ठेक्का प्रणालीबाट हुने गर्छ । 

 

तर, मुलुककै नमुना स्थानीय तहको रूपमा लिइने भक्तपुर नगरपालिकाले भने ठेक्का प्रणालीभन्दा पनि उपभोक्ता समितिमार्फत विकास निर्माण गर्दै आएको छ ।

 

स्थानीय तहको उपभोक्ता समिति गठन, परचिालन तथा व्यवस्थापनसम्बन्धी कार्यविधि, २०७४ अनुसार  नेपालको संविधान र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले निर्दिष्ट गरेको स्थानीय तहको अधिकार क्षेत्रभित्रको विकास निर्माणसम्बन्धी कार्य सञ्चालनका लागि गाउँपालिका/नगरपालिकाले उपभोक्ता समिति गठन गर्ने व्यवस्था गरेको छ । भक्तपुर नगरपालिकाले आफ्नो हरेक विकास कार्यका लागि पहिले उपभोक्ता समितिलाई सम्झिने गर्दछ ।

 

त्यसको विकल्पका कार्य मात्रै ठेक्का प्रणालीले लिने गरेको छ । उपभोक्ता समितिमार्फत काम गर्दा स्थानीयमा आफ्नोपनको विकास हुने हुँदा सोहीअनुसार ठेक्का प्रणाली गरिएको भक्तपुर नगर उपप्रमुख रजनी जोशी बताउँछिन् ।


स्थानीयमा अपनत्वको भावनाको विकास मात्र नभई लागत कम लाग्ने हुँदा त्यसतर्फ नगर आकर्षित हुँदै आएको छ ।  अझ, जुन ठाउँमा काम गर्ने हो त्यहाँ उपभोक्ता समितिको गठन गरिँदा विकास कार्य गुणस्तरीय हुने दाबीसमेत नगरपालिकाको छ । ठेक्का प्रणालीमा हुने काम महँगो हुनुका साथै गुणस्तरहीन हुने नगरपालिकालको ठहर छ ।

 

उसो त, नगरपालिकामा ठेक्का प्रणालीमार्फत विकास नभएका पनि होइनन् । अधिकांश बाहेकका कार्य ठेक्का प्रणालीबाट हुने गरेका छन् । संघीय सरकारबाट आएको आयोजना ५० लाखभन्दा माथिका भए ठेक्केदार प्रणालीबाट हुने गर्दछ । तर, नगरपालिकाबाट गरिने काम अधिकांश उपभोक्ता समिति हुने गरेको नगरपालिकाको योजना शाखा प्रमुख श्रीकृष्ण न्याइच्याइले जानकारी दिए ।

 

नगरपालिकाका अनुसार आयोजना क्षेत्रका स्थानीयको माध्यमबाटै उपभोक्ता समितिको गठन हुँदै आएको छ ।