close

जनताका दुःख बुझ्ने स्थानीय तह : काेहि बाँड्दै छन् ग्यास र पीठो त कोहि न्यानो कपडा (भिडियाे खबर)

जनताका दुःख बुझ्ने स्थानीय तह : काेहि बाँड्दै छन् ग्यास र पीठो त कोहि न्यानो कपडा (भिडियाे खबर)

ADVERTISEMENT

देशभर पालिकामा के भए ? जनप्रतिनिधिले के काम गरे ? कसले कहाँ अनियमितता गर्‍यो ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर


१) लमजुङको बेंसीसहर नगरपालिकालाई हरियाली बनाउँदै नेपाली सेना, प्रधानसेनापति पूर्णचन्द्र थापा र नगरप्रमुख गुमान सिंहको उपस्थितिमा विभिन्न ठाउँमा रोपिए १५ हजार बढी बिरुवा । 

 

२) सहाराविहीनको सहारा बन्दै सिद्धिचरण नगर, संरक्षणविहीन ५१ बालबालिकालाई कपडा र हर्लिक्स, ज्येष्ठ नागरिकलाई ब्ल्यांकेट वितरण ।

 

३) दोर्दी गाउँपालिकाको अर्चलबोटका घरआँगनमै अब पानीका धारा, प्रदेश सरकारको एक घर एक धारा कार्यक्रमअन्तर्गतको उक्त योजनाको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बाले गरे उद्घाटन ।

 

४) पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाको केरवानीमा आधुनिक बसपार्क बन्दै, सहरी विकास मन्त्रालय संघीय आयोजना कार्यान्वय इकाइ चितवनको लगानीमा निर्माण हुन लागेको बसपार्कको नगरप्रमुख नरेन्द्रकुमार गुप्ताले  गरे शिलान्यास ।

 

५) कपिलवस्तुको शिवराज नगरपालिकामा आउँदो २२ माघदेखि खेलकुद महोत्सव  हुने, २० देखि ३० माघसम्म सञ्चालन हुने प्रतियोगितामा मेयर कपतर्फ फुटबल, क्रिक्रेट, भलिबल र उपमेयरतर्फ महिला फुटबल र कराते खेलाइँदै ।

 

६) ताप्लेजुङको मिक्वाखोलामा दिवा खाजा कार्यक्रम, एकीकृत पाठ्यक्रम र विद्यार्थी विवरण दिने विद्यालयलाई मात्र रकम दिने पालिकाको निर्णय ।

 

७) सर्लाहीको बरहथवा नगरपालिका कार्यालयमा विद्यार्थीहरुको तोडफोड, नियमित पठनपाठन नभएको, भ्रमण खर्च नदिएको र भौतिक संरचना व्यवस्थित नभएको विद्यार्थीको आरोप ।


८) डोल्पाको काइके गाउँपालिकाले प्रत्येक परिवारलाई खाना पकाउने ग्यास दिने, दाउरा अभावमा खाना पकाउनै समस्या परेको भन्दै गाउँपालिकाले प्रतिघर दुईवटा ग्यास सिलिन्डर र एउटा चुल्हो वितरण गर्ने ।

 

९) डोल्पाको डोल्पो बुद्ध गाउँपालिकाले स्थानीयलाई प्रतिघर एक क्विन्टल पिठो ढुवानीमा सात हजार रुपैयाँ दियो अनुदान, ४ सय ९५ घरधुरीलाई ढुवानीमा अनुदान सहयोग गरिएको प्रमुख प्रशासकीय अधिकृत गौतम पंगेनीको भनाइ । 

 

१०) ढल्केबर-जनकपुर राजमार्गको सपही सडक खण्डमा बसले साइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु, मृत्यु हुने धनुषाको लक्ष्मीनिया गाउँपालिका-३ का ५० वर्षीय दीपचन्द्र यादव ।

 

११) झापाको बिर्तामा रहेको पूर्वाञ्चल क्यान्सर अस्पतालले विपन्न परिवारका क्यान्सरपीडितलाई एक लाखसम्मको उपचार सेवा निःशुल्क दिने ।