close

प्रदेश १ र बागमतीका रोजगार कार्यालयको कार्यक्षेत्र परिर्वतन, कुन जिल्लाको कहाँ ?

प्रदेश १ र बागमतीका रोजगार कार्यालयको कार्यक्षेत्र परिर्वतन, कुन जिल्लाको कहाँ ?

Trulli
ADVERTISEMENT

ताप्लेजुङ– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रदेश १ र ३ का रोजगार कार्यालयको कार्यक्षेत्र पर्ने जिल्लाहरु हेरफेर गरेको छ ।


प्रदेश १ को झापास्थित श्रम तथा रोजगार कार्यालय भद्रपुरले यसअघि ६ वटा जिल्लालाई कार्यक्षेत्र बनाएकोमा तेह्रथुम र धनकुटा हटाइ ताप्लेजुङ, पाँचथर, इलाम र झापा गरी ४ जिल्लालाइ मात्र सो कार्यालयको कार्यक्षेत्र निर्धारण गरिएको छ ।


सरकारले राजपत्र भाग ५ मा सूचना प्रकाशित गरी यो जानकारी दिएको हो । यस्तै प्रदेश १ कै श्रम तथा रोजगार कार्यालय मोरङ बिराटनगरको कार्यक्षेत्र ८ जिल्लाबाट बढाएर १० पु¥याइएको छ । यसअघि श्रम तथा रोजगार कार्यालय भद्रपुरको कार्यक्षेत्रमा रहेका तेह्रथुम र धनकुटा समेत थप गरी बिराटगरस्थित कार्यालयको कार्यक्षेत्र सोलुखुम्बु, ओखलढुङ्गा, खोटाङ, उदयपुर, भोजपुर, संखुवासभा, मोरङ र सुनसरीसम्म बिस्तार भएको छ ।


यस्तै प्रदेश ३ स्थित श्रम तथा रोजगार कार्यालय मकवानपुर हेटौडाको कार्यक्षेत्रबाट दोलखा जिल्लालाइ हटाइएको छ । अब सो कार्यालयले मकवानपुर सहित चितवन, धादिङ, रामेछाप र सिन्धुली गरी ५ जिल्लालाई मात्र कार्यक्षेत्र मान्नुपर्ने छ ।

 

श्रम तथा रोजगार कार्यालय हेटौडाबाट हटाइएको दोलखा जिल्लाको कार्यक्षेत्र प्रदेश ३ कै काठमाडौ टेकुस्थित श्रम तथा रोजगार कार्यालयमा थप गरी यो कार्यालयको कार्यक्षेत्र ८ जिल्ला बनाइएको छ ।

 

राजपत्र अनुसार श्रम तथा रोजगार कार्यालय काठमाडौ टेकुको कार्यक्षेत्रमा दोलखा, काठमाडौ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, नुवाकोट र रसुवा जिल्ला परेका छन् । राजपत्रमा सूचना प्रकाशित भएपछि अब हेरफेर भइ तोकिएका श्रम तथा रोजगार कार्यालयले मात्र सम्वन्धित जिल्लाका नागरिक तथा श्रम तथा रोजगार सम्वन्धी कार्य गर्नेछन् ।