close

सुन्ने हो इकुडोल गीत ?

सुन्ने हो इकुडोल गीत ?

ADVERTISEMENT

ललितपुर–  जिल्लाको वाग्मती गाउँपालिका वडा नम्बर ५ इकुडोलको सांस्कृतिक, भौगोलिक, सामाजिक ,शैक्षिक लगायतका विषयमा तयार पारिएको ‘इकुडोल गीत’  सार्वजनिक भएको छ ।

 

नवराज सञ्जेलद्वारा रचित इकुडोल गीत वडा अध्यक्ष साजन दर्लामी मगरले सार्वजनिक गरेका छन् । गीतमा इकुडोलको ऐतिहासिकता उल्लेख छ । लोक गायक प्रकाश सापकोटा र गायिका दीपा सापकोटाको स्वरमा रहेको उक्त गीतमा संगीत कृष्ण दाहालको छ ।

 

सरोज दाहालको छायाङ्कान रहेको गीति वृत्तचित्रको निर्देशन नवराज सञ्जेलले गरेका छन् । इकुडोलको समन्वय रहेको गीतले पर्यटन र कृषि सुधारलाई जोड दिएको छ । पहिचान गीत अन्तर्गत यो सञ्जेलको पाँचौ शृङ्खला भएको सञ्जेलले बताए ।