close

नमोबुद्धको वडा नम्बर १० कार्यालय भवन शिलान्यास 

नमोबुद्धको वडा नम्बर १० कार्यालय भवन शिलान्यास 

Trulli
ADVERTISEMENT

काभ्रे- काभ्रेको नमोबुद्ध नगरपालिका वडा नम्बर १० को वडा कार्यालय भवन निर्माण सुरु भएको छ । आइतबार नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले भवन निर्माण शिलान्यास गरे ।


नमोबुद्ध नगरपालिकाले सबै वडामा सुविधासम्पन्न कार्यालय भवन निर्माणको योजनाअनुसार वडा नम्बर १० को भवन बनाउन थालेको हो ।

 

उक्त भवन निर्माणका लागि युनिक बिल्डर्ससँग ४३ लाख २६ हजार ९ सय ७० रुपैयाँमा ठेक्का सम्झौता भएको छ । आगामी असार मसान्तभित्र कार्यालय भवन निर्माण सम्पन्न हुने वडाध्यक्ष रामकृष्ण अधिकारीले जानकारी दिए ।

 

नगरप्रमुख तिमल्सिनाले तोकिएको समयमै निर्माण कार्य सम्पन्न गर्न निर्माण व्यवसायीलाई निर्देशन दिए ।


वडा कार्यालय भवन निर्माणका लागि नमोबुद्ध वडा नम्बर १० का समाजसेवी रामकृष्ण श्रेष्ठले १० आना जग्गा निःशुल्क प्रदान गरेका छन् ।

 

वडा कार्यालय शिलान्यासकै अवसर पारेर वडाध्यक्ष अधिकारीले स्थानीय मुटु रोगी नवीन उदासलाई १५ हजार ५ सय ५५ रुपैयाँ आर्थिक सहयोग गरे । सहयोग रकम नगरप्रमुख तिमल्सिनाले हस्तान्तरण गरेका थिए ।

 

नमोबुद्धले सबै वडा कार्यालयको पक्की र सुविधासम्पन्न भवन निर्माणको योजनाअनुसार यो आर्थिक वर्षमा ५ वटा वडा कार्यालय भवन निर्माण गर्दै छ । यो वर्ष वडा नम्बर १० सहित वडा नम्बर २, ७, ८ र ९ को कार्यालय भवन निर्माणका लागि ठेक्का सम्झौता भइसकेको छ ।

 

यसअघि निर्माण थालिएका वडा नम्बर ३, ६ र ११ का वडा कार्यालय भवनको निर्माण अन्तिम चरणमा पुगिसकेको छ । 

 

कार्यालय भवन शिलान्यास कार्यक्रममा उपप्रमुख रामदेवी तामाङ, प्रमुख प्रशासकीय अधिकृत राजन पौडेल, वडा नम्बर १० का अध्यक्ष रामकृष्ण अधिकारी, वडा नम्बर ९ का अध्यक्ष मेलबहादुर लामा, वडा नम्बर ११ का वडाध्यक्ष कृष्णबहादुर तामाङलगायत सहभागी थिए ।