close

३ वटै तहका कर्मचारीलाई तालिम दिँदै प्रदेश १

३ वटै तहका कर्मचारीलाई तालिम दिँदै प्रदेश १

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- प्रदेश १ सरकारले संघमा समायोजन भएका राजपत्र अनंकित प्रथम र द्वितीय तथा प्रदेश र स्थानीय तहमा कार्यरत चौथो र पाँचौँ तहका निजामती कर्मचारीलाई ३५ दिने सेवाकालीन प्रशिक्षण दिने भएको छ ।

 

प्रदेश १ को प्रदेश प्रशिक्षण केन्द्रले २५ माघबाट सेवाकालीन प्रशिक्षण दिइने प्रदेश १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले वेबसाइटमा सूचना प्रकाशित गरी जनाएको छ । 

 

केन्द्रका निर्देशक गणेशप्रसाद तिमल्सिनाका अनुसार हाल वहाल रहेको पदमा ३ वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीलाई प्रशिक्षण दिन लागिएको हो ।

 

कर्मचारीको सेवा प्रवाहमा क्षमता विकास गर्ने उद्देश्यले तालिम दिन लागिएको केन्द्रले जनाएको छ । केन्द्रले तालिम झापाको कलवलगुढीमा सञ्चालन गर्न लागेको हो ।