close

१ जना प्रहरीको काँधमा ४ सय बढीको सुरक्षा जिम्मा !

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- ताप्लेजुङमा १ जना प्रहरीले ४ सय ४ जना नागरिकको सुरक्षा गर्नुपर्ने दायित्व देखिएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार कुल रुजु हाजिर कार्यरत प्रहरीको संख्या ३ सय १५ रहेको छ । 

दरबन्दी संख्या ४ सय ६६ रहे पनि कुल रुजु हाजिर कार्यरत प्रहरीको संख्या ३ सय १५ रहेकाले १ जना प्रहरीको काँधमा ४ सय ४ जना नागरिकको सुरक्षा दायित्व रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

२०५८ को जनगणनाअनुसार ताप्लेजुङको कुल जनसंख्या १ लाख २७ हजार ४ सय ६१ रहेको छ । दरबन्दीअनुसारको संख्या उपस्थित नहुनु, दरबन्दी दुर्गममा राखेर सुगममा रहनु र सेवाकालीन तालिमलगायत कारणबाट प्रहरी कर्मचारी आवश्यक दरबन्दीभन्दा कम मात्र दैनिक रुजु हाजिर संख्या रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कार्यरत रहेकै जनशक्तिबाट अस्थायी तथा प्रहरी बिटमा प्रहरी टोली खटाइनु, अदालत, विमानस्थल सुरक्षागार्ड, प्रमुख जिल्ला अधिकारी सुरक्षागार्डलगायतमा पनि प्रहरी टोली खटिएको छ । भूगोलका हिसाबले ठूलो रहेको ताप्लेजुङको उपल्लो हिमाली क्षेत्रमा एउटा वडाको वल्लो भागबाट त्यहीँ वडाको पल्लो भागसम्म पुग्न २ दिनसम्मको पैदलयात्रा गर्नुपर्ने अवस्था छ । 

फक्ताङ्लुङको लेलेप, सिरिजंघाको याम्फुदिन र मिक्वाखोलाको पापुङमा यस्तो अवस्था छ । यहीँ अवस्थाका कारण स्थायी तथा अस्थायी प्रहरी युनिटमा रहेका प्रहरी जनशक्तिलाई कार्यक्षेत्रभित्र कुनै समस्या आए सुुरक्षा प्रबन्धका लागि समस्या पर्दै आएको छ ।

जिल्ला प्रहरी प्रमुख श्रेष्ठ कम जनशक्ति भए पनि प्रहरी कर्मचारीबाट भइरहेको कार्यसम्पादनप्रति नागरिकमा सुरक्षाको आशा र विश्वास गर्न सकिने अवस्था रहेको बताउँछन् । उनले कम जनशक्ति र भौगोलिक चुनौतीका बीच पनि प्रहरी कर्मचारीबाट शान्ति-सुरक्षाको सवालमा बिनासम्झौता कार्य सम्पादन भइरहेको बताए ।