close

वीर गोर्खा पत्रकारिता पुरस्कार घोषणा

वीर गोर्खा पत्रकारिता पुरस्कार घोषणा

Trulli
ADVERTISEMENT

सुनसरी– वीर गोर्खा पत्रकारिता पुरस्कार र वीर गोर्खा नव–प्रतिभा पुरस्कार घोषणा गरिएको छ । गोर्खा कम्पनी ट्रेनिङ सेन्टर धरानले स्थापना गरेको यो पुरस्कारको राशी क्रमश २० हजार र १५ हजार रुपैयाँ रहेको सेन्टरले जानकारी दिएको छ ।

 

पुरस्कार हरेक वर्ष १ बैशाखमा प्रदान गरिनेछ । पुरस्कार छनौटका लागि गरिने प्रकृया निष्पक्ष हुने उसको भनाइ छ ।

 

अन्यायको विरुद्धमा कलम चलाउने, ब्रिटिस आर्मी र सिंगापुर पुलिसको निःशुल्क, निष्पक्ष र पारदर्शी छनौट प्रक्रियाको विषयमा कलम चलाउनेलाई यो पुरस्कारको प्राथमिकतामा राखिने जनाइएको छ ।

 

गोर्खाको इतिहास, वर्तमान, देश निर्माणमा गोर्खाहरुले पुर्याएको योगदान एवं गोर्खाहरुको सामाजिक क्षेत्रमा सक्रियतालाई उजागर गर्न कलम चलाउने पत्रकारहरुको सम्मानस्वरुप वीर गोर्खा पत्रकारिता पुरस्कार र वीर गोर्खा नव–प्रतिभा पत्रकारिता पुरस्कारको घोषणा गरिएको सेन्टरका प्रवन्ध निर्देशक प्रेम कुमार राईले जानकारी दिए । पुरस्कारमा नेपाल प्रेस युनियन धरान उपमहानगर समितिको सहकार्य छ ।