close

दिनभरको पालिकाः टेलिफोनमा ६ घण्टा मुसा आतंक, मनाङको जंगल खङ्ग्रङ्ग (भिडियाे खबर)

दिनभरको पालिकाः टेलिफोनमा ६ घण्टा मुसा आतंक, मनाङको जंगल खङ्ग्रङ्ग (भिडियाे खबर)

ADVERTISEMENT

देशभर पालिकामा के भए ? जनप्रतिनिधिले के काम गरे ? कसले कहाँ अनियमितता गर्‍यो ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर

 

१) काठमाडौं महानगरपालिका-१४ कलंकीबाट तीन केजी अवैध लागुऔषध अफिमसहित एकजना पक्राउ, पक्राउ पर्नेमा धादिङको गजुरी गाउँपालिका-८ का ५१ वर्षीय म्याक्स लो ।

 

२) कपिलवस्तुको शिवराज नगरपालिकाद्वारा आमा समुह र महिला स्वास्थ्य स्वयंसेविकालाई झोलासहित विभिन्न सागम्री वितरण, नगरप्रमुख नेत्रप्रसाद अधिकारीले बाडे सामग्री ।

 

३) पाँच वर्षपछि काठमाडौंको दरबार हाइस्कुलमा बल्ल पठनपाठन सुरु, नयाँ भवनमा प्रयोशाला समेतको सुविधा ।

 

४)  धरान उपमहानगरपालिकाका विपन्न परिवारलाई रासन कार्ड विरतण, कार्ड पाएका परिवारलाई हरेक महिना वडा कार्यालयले खाद्यान्न उपलब्ध गराउने ।

 

५) नगर विकास कोष र झापाको बिर्तामोड नगरपालिकाको बिर्तामोड साना सहरी खानेपानी उपभोक्ता संस्थाविच ऋण सम्झौता , अब खानेपानी आयोजनाको काम सुरु हुने ।

 

६) भूमिसम्बन्धी समस्या समाधानका लागि बुटवल उपमहानगरका सबै वडामा सहजीकरण समिति गठन, अब पहिचानको काम सुरु गरिने ।

 

७) स्थानीय तहलाई भारत सरकारको सहयोगमा सञ्चालित साना विकास परियोजनाको प्रस्ताव तोकिएकै लागतमा पठाउन संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयको आग्रह, प्रस्ताव पेस गर्दा कागजात पनि पूरा गरेर पठाउनु पन ।

 

८) डडेल्धुरामा बाघको छालासहित एक जना पक्राउ, पक्राउ पर्नेमा अजयमेरू गाउँपालिका-१ का २९ वर्षीय जगत सिंह भण्डारी ।

 

९) हिमाली जिल्ला डोल्पा जानका लागि कोरोना परीक्षण रिपोर्ट नचाहिने, कोरोना परीक्षण रिपोर्ट आगामी मंगलबारदेखि हटाउने निर्णय ।

 

१०) सिरहामा थपिए २१ हजारभन्दा बढी नयाँ मतदाता, २१ माघमा मतदाताको अन्तिम नामावली प्रकाशन गरिने ।

 

११) भैंसी संरक्षण केन्द्र बन्दै काभ्रेको पनौती नगरपालिका, नगरपालिकाको आयोजनामा वडा नम्बर २ र ३ का पशुपालक किसानबीच अभिमुखिकरण कार्यक्रम सम्पन्न ।

 

१२) इलाम नगरपालिकाको पुरानो बसपार्कमा बहुतले पार्किङ्ग तथा सञ्चार केन्द्र निर्माण हुने, केन्द्रको गरियो शिलान्यास ।

 

१३) मनाङको नासो गाउँपालिकाको जंगलमा लागेको आगो अझै नियन्त्रणमा आएन, तीन वटा वडाका बस्ती जोखिममा ।

 

१४)  चिसो बढेपछि बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर-१२ ज्येष्ठ नागरिकहरुलाई घर-घरमा गएर बाड्यो न्यानो कपडा, कपडा पाउदा ज्येष्ठ नागरिक दंग ।

 

१५) बाक्लो हुस्सु र चिसो बढेका कारण कपिलवस्तुको बुद्घभूमि नगरपालिकाका विद्यालय पाँच दिन बन्द, विद्यार्थीको पठनपाठन प्रभावित ।

 


१६) कैलालीको टीकापुर नगरपालिकामा खरको छाना भएका घरमा नगरपालिकाले जस्तापाता लगाइदिने, २९६ घर छनोट ।

 

१७) तनहुँको घिरिङ गाउँपालिका-१ मा एकैसाथ पाँचवटा खानेपानी योजना निर्माण सुरुआत, आयोजना सम्पन्न भएपछि पानीको समस्या समाधान हुने ।

 

१८)  बर्दिबासमा फाइबरमा समस्या देखिँदा प्रदेश १ का जिल्लामा नेपाल टेलिकमको सेवा ६ घण्टा प्रभावित, मुसाले अप्टिकल फाइबरको तारमा पुर्‍याएको थियो क्षति ।

 

१९) काठमाडौंमा भेटियो बर्डफ्लु, तारकेश्वर नगरपालिका-७ साङ्लेखोला र फुटुङमा साढे २५ सय पन्छी नष्ट, तारकेश्वर क्षेत्रका १० जना निगरानीमा ।

 

२०) ६८औं विश्व कुष्ठरोग दिवस नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँयो ।