close

स्थानीय सरकारलाई अनुदानमा तलमाथि नगर्न मुख्यमन्त्रीको आग्रह

स्थानीय सरकारलाई अनुदानमा तलमाथि नगर्न मुख्यमन्त्रीको आग्रह

Trulli
ADVERTISEMENT

रूपन्देही- लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोखरेलले राजनीतिक उथलपुथलले विकासको काम प्रभावित हुन नहुने बताएका छन् ।

 

लुम्बिनी प्रदेशको मणिग्राममा आयोजित प्रदेश समन्वय परिषद्को चौथो बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले स्थानीय र प्रदेश तहको नेतृत्व व्यक्तिगत र गुटगत स्वार्थका लागि केन्द्रको नेतृत्व तहमा उत्पन्न विवादका पछि लाग्न नहुने बताएका हुन् ।


राजनीतिक स्थायित्वका लागि स्थानीय र प्रदेश तहबाट केन्द्रलाई फरक खाले सन्देश दिनुपर्ने आवश्यकता औँल्याउँदै मुख्यमन्त्री पोखरेलले लुम्बिनी प्रदेशको विकास निर्माणमा केन्द्रको विवादको कुनै प्रभाव पर्न नदिइने प्रतिबद्धता व्यक्त गरे ।


मुख्यमन्त्री पोखरेलले प्रतिनिधिसभा र नेकपा विवाद सर्वोच्च अदालत एवं निर्वाचन आयोगमा पुगिसकेकाले त्यसको निरुपणका लागि पनि संवैधानिक अंगप्रति भरोसा गर्नुपर्ने बताए । 

 

बैठकमा प्रदेशका सबै जिल्ला समन्वय समिति प्रमुख तथा प्रदेश समन्वय परिषद्मा आबद्ध पालिका प्रमुखहरू सहभागी थिए ।