close

मेट्रो कलेजमा वाटिका निर्माण

मेट्रो कलेजमा वाटिका निर्माण

Trulli
ADVERTISEMENT

दाङ- दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२ मा रहेको मेट्रो कलेजमा सहिद दिवस अवसर पारेर वाटिका निर्माण गरिएको छ ।

 

विद्यालयको प्रांगणमा विभिन्न फूल रोपेर विद्यार्थीले वाटिका निर्माण गरेका हुन् । वन विज्ञान पहिलो वर्षमा अध्ययनरत विद्यार्थीले विभिन्न प्रजातिका फूल लगाएका हुन् ।

 

सहिदको योगदानकै कारण नेपाल सुन्दर फूलबारीमा परिणत भएको बताउँदै त्यसैको संकेतका रूपमा वाटिका निर्माण गरिएको उनीहरूले जानकारी दिए । 

 

कार्यक्रममा कलेज प्रमुख वसन्त आचार्यले विद्यार्थीले सहीद दिवस मनाएकामा खुसी व्यक्त गरे । प्राविधिक विषय अध्यापन गराउने गरी तुलसीपुर उपमहानगरपालिकाले मेट्रो कलेज सञ्चालनमा ल्याएको हो ।