close

मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त

मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त

Trulli
ADVERTISEMENT

धनुषा- प्रदेश सरकारले स्थापना गरेको मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त भएका छन् । 


मुख्यमन्त्री कुलपति रहने प्रतिष्ठानका लागि उपकुलपतिमा डा. रामकेवल साह, रजिस्ट्रारमा डा. विनोद यादव र रेक्टरमा डा. अंकुर साहलाई नियुक्त गरिएको हो ।

 

मुख्यमन्त्री निवास मधेस भवनमा आयोजित कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउतले नवनियुक्त पदाधिकारीलाई नियुक्तिपत्र हस्तान्तरण गरे । 

 

कार्यक्रममा मुख्यमन्त्री राउतले प्रदेशकै गौरवको योजनाको रूपमा रहेको प्रतिष्ठानको पदाधिकारी नियुक्ति सरकारका लागि गौरवका दिनको भएको बताए । 

 

नवनियुक्त पदाधिकारीका लागि अवसर र चुनौती दुवै रहेको उल्लेख गर्दै मुख्यमन्त्री राउतले यसै वर्षदेखि एकेडेमिक सेसन सञ्चालन हुने विश्वास व्यक्त गरे । 


प्रादेशिक अस्पताल जनकपुरलाई आधार मानेर प्रदेश सरकारले मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गरेको छ ।

 

कार्यक्रममा समाजिक विकासमन्त्री नवलकिशोर साह, भूमि, व्यवस्था तथा कृषि सहकारीमन्त्री शैलेन्द्रप्रसाद साह, मुख्य न्यायाधिवक्ता दीपेन्द्र झालगायत उपस्थित थिए ।