close

नेकपा प्रचण्ड–नेपाल खेमाको साधारण सदस्यबाट ओली निष्काशित, महासचिवको जिम्मेवारी मात्रै खोसियो

नेकपा प्रचण्ड–नेपाल खेमाको साधारण सदस्यबाट ओली निष्काशित, महासचिवको जिम्मेवारी मात्रै खोसियो

Trulli
ADVERTISEMENT

काठमाडौं– नेकपाको पुष्पकमल दाहाल (प्रचण्ड) र माधव नेपाल अध्यक्ष रहेको खेमाले अर्का अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्यवाटसमेत निष्काशन गरेको छ । नेकपाका महासचिव विष्णु पौडेललाई भने पार्टी महासचिवको जिम्मेवारीबाट मात्र हटाएको छ ।

 

सोमबार बसेको प्रचण्ड–नेपाल खेमाको चौथो केन्द्रीय समिति बैठकले यस्तोे निर्णय गरेको हो । बैठकमा प्रचण्डले ओलीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी र पौडेललाई महासचिवबाट हटाउने प्रस्ताव पेश गरेका थिए । सो प्रस्ताव सर्वसम्मतले पारित भएको जनाइएको छ ।

 

यसअघि प्रचण्ड–नेपाल पक्षको पेरिसडाँडामा ११ माघमा बसेको स्थायी कमिटी बैठकले पनि ओलीलाई पार्टी सदस्यसमेत नरहने गरी हटाउने निर्णय गरेको थियो ।

 

ओलीले पार्टीको नीतिविपरीत गतिविधि बढाउँदै गएको भन्दै माघ २ मा बसेको स्थायी कमिटी बैठकले उनलाई पार्टी सदस्यताबाट किन नहटाउने भनेर स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

 

नेताहरुले ५ माघमा तीन दिनको अल्टिमेटमसहित प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर बुझाएका थिए । तर, ओलीले स्पष्टीकरण नदिएपछि ११ गतेको बैठकले ओलीलाई पार्टी सदस्यताबाट निष्कासन गर्ने निर्णय गरेको थियो । सोही निर्णय केन्द्रीय समितिबाट अनुमोदन गराइएको हो । यसअघि केन्द्रीय कमिटी बैठकले ओलीलाई पार्टी अध्यक्षबाट हटाएरको थियो । अहिले ओलीको ठाउँमा नेपाललाई अध्यक्ष बनाएको थियो ।