close

चाँगुनारायणभरिका छाडा कुकुर भेला पारेर बन्ध्याकरण 

चाँगुनारायणभरिका छाडा कुकुर भेला पारेर बन्ध्याकरण 

Trulli
ADVERTISEMENT

भक्तपुर- भक्तपुरको चाँगुनारायण नगरपालिकाले नगरभित्रका कुकुरलाई बन्ध्याकरण गर्ने अभियान सुरु गरेको छ । नगरपालिकाको पशुपक्षी विकास शाखाले नगरभित्र छाडा रूपमा छाडिएका कुकुरको बन्ध्याकरण गर्न लागेको हो । 


पशुपक्षी विकास शाखाका प्रमुख पशु चिकित्सक उमेश प्रधानका अनुसार समुदायमा छाडा भएका कुकुरका कारण स्थानीयले समस्या भोगिरहेको गुनासो आएपछि नगरपालिकाले छाडा कुकुरलाई बन्ध्याकरण र रेविजविरुद्धको भ्याक्सिन लगाएर व्यवस्थापन गर्न थालेको हो ।

 

नगरको वडा नम्बर ९ ताथलीबाट उक्त अभियान सुरु गरिएको छ । नगर क्षेत्रभित्र छाडा कुकुरको संख्या वृद्धि नहोस् भन्ने उद्देश्यले कुकुरलाई बन्ध्याकरण गर्ने अभियान सञ्चालन गरिएको वडा नम्बर ९ का वडाध्यक्ष गणेश त्यातले बताए । 

 

छाडा कुकुरले मानिसलाई टोकेर रेबिज सर्न सक्ने खतरा हुने हुँदा नगर क्षेत्रमा भेटिएका सबै कुकुरलाई रेबिज भ्याक्सिन लगाउनुपर्ने पशु चिकित्सालयका प्रमुख चिकित्सक टंकप्रसाद प्रसाईंले बताए । 

 

सरकारको नेपाललाई सन् २०३० सम्म रेबिजमुक्त देश बनाउने लक्ष्य साकार पार्न यो अभियानले सघाउ पुग्ने उनको भनाइ छ ।

 

अभियानकै क्रममा घरपालुवा कुकुरलाई पनि रेबिज भ्याक्सिन लगाउने र बन्ध्याकरण गराउन सुरु भएको छ । साताव्यापी यो कार्यक्रमअन्तर्गत नगरका विभिन्न वडामा गरी ३ ठाउँमा शिविर सञ्चालन हुनेछ ।