close

विद्यालय भवनमा अस्पताल !

विद्यालय भवनमा अस्पताल !

Trulli
ADVERTISEMENT

इलाम– यस बर्षको दशैंपछि सञ्चालन गर्ने गरी माइ नगरपालिकाले १५ शैयाको अस्पताल निर्माणमा तिव्रता दिएको छ । कन्काई माध्यमिक विद्यालयको भवनलाई नगरले अस्पतालमा रुपान्तरण गर्न लागेको हो । प्रयोगविहीन बनेको भन्दै विद्यालयलाई अस्पताल बनाएर दशै लगत्तै ५ बेड्सहितको अस्पताल सञ्चालन हुने माइ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलनाथ लम्सालले जानकारी दिए ।

 

क्रमागत योजनामा राखेर निर्माणाधिन अस्पतालका लागि यस बर्ष चालिस लाख खर्च हुने नगरले जनाएको छ । प्रदेश सरकारबाट दश लाख र नगरपालिकाले तीस लाख अस्पताल निर्माणमा खर्च गर्ने नगरपालिकाका स्वाथ्य शाखा प्रमुख पुष्कर कट्टेलले बताए ।

 

स्थानीय क्षेत्रमा नागरिकहरूको स्वास्थ्यलाई ध्यानमा राखी सरकारी नियम अनुसार नगरपालिकामा अस्पताल निर्माण गर्न लागिएको नगरप्रमुख दिपक थेबेले बताए । प्रमुख थेबेले अस्पताल निर्माणपछि क्रमागत रूपमा विस्तार गर्दै स्थानीय क्षेत्रमै विशेषज्ञ सेवा दिने लक्ष्य रहेको जानकारी गराए ।