close

दुहवी खानेपानीलाई नगर विकासले दियो २१ लाख ऋण

दुहवी खानेपानीलाई नगर विकासले दियो २१ लाख ऋण

Trulli
ADVERTISEMENT

काठमाडौं- सुनसरीको दुहवी खानेपानी मूल उपभोक्ता समिति र नगर विकास कोषबीच खानेपानी आयोजना विस्तारका लागि सम्झौता भएको छ ।


नगर विकास कोषबाट २१ लाख रुपैयाँ ऋण लिएर आयोजना विस्तार गर्न समितिले कोषसँग सम्झौता गरेको हो ।


सोमबार कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटा र समितिका अध्यक्ष तेजनारायण रौनियारबीच ऋण सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।


यस अघि पनि कोषबाट समितिले आयोजनाका लागि ६ करोड रुपैयाँ ऋण लिइसकेको छ ।


दुहवी खनेपानी मूल उपभोक्ता समितिले हाल २४ सय घरधुरीलाई सफा र शुद्घ खानेपानी वितरण गर्दै आएको छ ।

 

अब थप बिस्तार हुने खानेपानी आयोजनाबाट १५ सय घरधुरीलाई पानी वितरण गरिने समितिका अध्यक्ष रौनियारले बताए ।

 
सम्झौतापछि कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटाले आयोजना सम्पन्न गर्न कोषको सहयोग निरन्तर रहने पालिकाखबरलाई बताए ।