close

७७ जिल्लाका भूमि आयोगका पदाधिकारी छानिए, कुन जिल्लामा को ?

७७ जिल्लाका भूमि आयोगका पदाधिकारी छानिए, कुन जिल्लामा को ?

Trulli
ADVERTISEMENT

ताप्लेजुङ– भूमिसम्बन्धी समस्या समाधान आयोगले देशभरका ७७ वटै जिल्लामा पदाधिकारी चयन गरेको छ ।

 

नेपाल राजपत्रमा सूचना प्रकाशन गरी १ जना अध्यक्ष, १ जना विज्ञ र १ जना सदस्य गरी प्रत्येक जिल्लामा ३ जनालाई भूमिसम्बन्धी समस्या समाधान आयोगको जिल्ला पदाधिकारीमा चयन गरेको हो ।

 

नेपाल राजपत्र खण्ड (७०) संख्या ४०, नेपाल राजपत्र भाग ५ मा १९ माघमा जारी सूचनाअनुसार १५ माघको निर्णयबाट भूमिसम्बन्धी समस्या समाधान आयोगका जिल्ला पदाधिकारी चयन भएको सरकारले जनाएको छ ।

 

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले राजपत्रमार्फत भूमिसम्बन्धी समस्या समाधान आयोग गठन आदेश, २०७६ को दफा १८ को उपदफा(१) बमोजिम जिल्ला समितिको सोही उपदफाको खण्ड (क) बमोजिमको अध्यक्ष र खण्ड (ख) बमोजिमको सदस्यलाई मनोनयन गरिएको सरकारले जनाएको छ ।

 

ताप्लेजुङको अध्यक्षमा लक्ष्मीबहादुर यक्सो नियुक्त भएका छन् । आयोगका जिल्ला सदस्यमा प्रकाश इवाराम र कमलप्रसाद गुरागाईं रहेका छन् । यस्तै, पाँचथरको अध्यक्षमा करुणा राई तथा सदस्यमा जयप्रकाश केरुङ र देवीप्रसाद कोइराला नियक्त भएका छन् ।

 

इलामको अध्यक्षमा ओमनारायण खनाल, तथा सदस्यद्वयमा प्रकाश अधिकारी र हेमन्त राई, झापाको अध्यक्षमा प्रेमबहादुर गिरी र सदस्यद्वयमा राधाकृष्ण खनाल र मदनकृष्ण अधिकारी, सुनसरीको अध्यक्षमा खेमराज पोखरेल र सदस्यमा सूर्यकुमार राई र बद्रीनाथ घिमिरे, मोरङको अध्यक्षमा दिलप्रसाद राई तथा सदस्यद्वयमा नवीन पौडेल र मोहन तुम्बापो चयन भएका छन् ।

 

धनकुटाको अध्यक्षमा नैनबहादुर विश्वकर्मा तथा सदस्यद्वयमा सावित्रा राई र दीपक बुढाथोकी, तेह्रथुमको अध्यक्षमा किशोरचन्द्र दुलाल र सदस्यद्वयमा रामचन्द्र थपलिया र धर्मराज खुलाल, संखुवासभाको अध्यक्षमा वीरेन्द्र केसी तथा सदस्यद्वयमा वेदकुमारी रिमाल एवं विपिन तामाङ, भोजपुरको अध्यक्षमा देवीराम चौलागाई र सदस्यद्वयमा ईश्वरमान राई, केशवबहादुर राई चयन भएका छन् ।

 

कुन जिल्लामा काे चयन भए, पढ्न याे लिंक क्लिक गर्नुहाेस्

http://lirc.gov.np/assets/uploads/download/download/2021-02-02