close

सडक फराकिलो बनाउन भौतिक संरचना भत्काउँदै नाग्मबासी

सडक फराकिलो बनाउन भौतिक संरचना भत्काउँदै नाग्मबासी

Trulli
ADVERTISEMENT

जुम्ला– कालीकोटको तिला गुफा नगरपालिका वडा नम्बर १ मा पर्ने ३ जिल्ला जोड्ने केन्द्रबिन्दु नाग्म बजार कालीकोट र जुम्लाको सीमावर्ती क्षेत्र हो । कर्णाली राजमार्गको कालीकोट, जुम्ला र जुम्लाको सिंजा हुँदै मुगुको केन्द्रबिन्दु पनि नाग्म बजार नै हो ।


यो बजारमा जथाभावी भौतिक संरचना निर्माण हुँदा सडक साँघुरो हँुदै गएको थियो । साँघुरो सडकमा निर्माण सामग्री थुपार्दा सवारी दुर्घटनाको जोखिम बढ्दै गएपछि सडक चौडा बनाउन नाग्मबासीले आफंैले निर्माण गरेका भौतिक संरचना भत्काउन थालेका हुन् ।


सडक साँघुरो भएर सवारी दुर्घटनाको जोखिम बढ्न थालेपछि स्थानीयको सहमत भएर निर्माण गरिएका भौतिक संरचना भत्काउन थालेको हिमा गाउँपालिका उपाध्यक्ष हिमाली रोकायाले बताइन् ।


सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख लीलाबहादुर भण्डारीका अनुसार जुम्ला, कालीकोट र मुगुको ट्रान्जिट प्वाइन्टको रूपमा नाग्मबजार विकसित हुँदै गएको छ ।

 

‘यस ठाउँमा जनघनत्व बढ्दै जानु र सडक साँघुरो हुँदा जोखिम बढेको छ,’ भण्डारीले भने, ‘सडक चौडा बनाउन कालीकोटका निवर्तमान संघीय सांसद र बजार व्यवस्थापन पदाधिकारीबीच समन्वय गर्दा आफ्नो संरचना आफंै भत्काउन सहमत भएका हुन् ।’


सडकको मध्य भागदेखि साढे ७÷७ मिटर दायाँबाँया सडक चौडा बनाउने उद्देश्यका साथ निर्माण भएका भौतिक संरचना भत्काउन थालिएको उनले बताए ।

 

भौतिक संरचना भत्काइसकेपछि ३ सय मिटर लम्बाइ र १० मिटर चौडाइ सडक कालोपत्रे गर्ने तयारी सुरु भएको उनको भनाइ छ । यसका लागि सडक डिभिजन कार्यालय जुम्लाबाट १ करोड १७ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । सडकको १ साइटमा ढल निकासका लागि नाला पनि निर्माण गरिनेछ ।