close

पहिलो आवधिक योजना पुस्तक सार्वजनिक

पहिलो आवधिक योजना पुस्तक सार्वजनिक

Trulli
ADVERTISEMENT

धनुषा– प्रदेश २ को नीति तथा योजना आयोगले प्रदेश सरकारको पहिलो आवधिक योजना पुस्तक सार्वजनिक गरेको छ ।

आयोगले पहिलो आवधिक योजना पुस्तकका साथै नेपाल प्रोभिन्सियल प्लानिङ बेसलाइन एन्ड स्ट्रेटेजिक अप्सन फर प्रोभिन्स २ नामक पुस्तकसमेत सार्वजनिक गरेको हो । 

 

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित कार्यक्रममा आयोग अध्यक्षसमेत रहेका मुख्यमन्त्री लालबाबु राउतले दुवै पुस्तक सार्वजनिक गरेका हुन् । 

 

पुस्तक सार्वजनिक गर्दै मुख्यमन्त्री राउतले प्रदेश सरकारको अबको लक्ष्य प्रदेश गौरवका आयोजना छनोट गरी विकासतर्फ ध्यान पु¥याउनु रहेको बताए ।

 

पहिलो आवधिक योजनाले प्रदेशमा अगामी ५ वर्षभित्र गर्नुपर्ने विकासको लक्ष्य निर्धारणका साथै अगामी दिनमा प्रदेश सरकारले गर्ने कामको विस्तृत विवरण समेटिएकाले आउँदो नीति तथा कार्यक्रम एवं बजेट निर्माणमा सहज हुने विश्वास व्यक्त गरे । 

 

नीति आयोगमा पदाधिकारी नियुक्त हुन नसकेको अवस्थामा समेत आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झासहितको टिमले गर्दै आएका कामको मुख्यमन्त्री राउतले प्रशंसा गरे । 

 

कार्यक्रममा नीति तथा योजना आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झाले आयोगले अन्य प्रदेशहरूको तुलनामा राम्रो काम गरेको दाबी गरे । 

कार्यक्रममा प्रमुख सचिव गोकर्णमणि दुवाडी, कानुन सचिव टीकाराम पाण्डेलगायत उपस्थित थिए ।