close

सिटी एक्सप्रेस मनी ट्रान्सफरको सेवा अब ओमानबाट पनि

सिटी एक्सप्रेस मनी ट्रान्सफरको सेवा अब ओमानबाट पनि

Trulli
ADVERTISEMENT

काठमाडौं– सिटी एक्सप्रेस मनी ट्रान्सफरले सन्जालका विस्तारका क्रममा अब ओमानबाट पनि आफ्नो सेवा सुचारु गर्ने भएको छ । ओमानको ख्यातिप्राप्त मोर्डन एक्सचेन्ज कम्पनी एलएलसी र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिट्यान्स कारोबार सुरु भएको छ ।


ओमानमा रहेका नेपालीले मोर्डन एक्सचेन्ज कम्पनी एलएलसीको सेवा प्रयोग गरी सिटी एक्सप्रेसमार्फत सजिलै नेपालमा रहेका आफन्तलाई पैसा पठाउन सक्नेछन् । 

 

सिटी एक्सप्रेसमा हाल १० हजारभन्दा बढी एजेन्टबाट सजिलै भुक्तानी लिन सकिने, नेपालका जुनसुकै बैंकको खातामा रकम जम्मा गर्न र मोबाइल वालेटमा लोड गर्न सकिनेछ ।


सम्झौतामा सिटी एक्सप्रेसका प्रबन्ध निर्देशक चन्द्र टण्डन र मोर्डन एक्सचेन्ज कम्पनी एलएलसीका प्रबन्ध निर्देशक हरमुज्दा बी डाभरले हस्ताक्षर गरे । सिटी एक्सप्रेसले रेमिट्यान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै १४ वर्षदेखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आएको छ ।