close

मादीको केन्द्र सार्न हतारो, बेँसीसहर–चामे सडक मर्मतको चटारो (भिडियो खबर)

मादीको केन्द्र सार्न हतारो, बेँसीसहर–चामे सडक मर्मतको चटारो (भिडियो खबर)

Trulli
ADVERTISEMENT

देशभर पालिकामा के भए ? जनप्रतिनिधिले के काम गरे ? कसले कहाँ अनियमितता गर्‍यो ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर

 

१) जोखिम भत्ता नपाएको भन्दै काठमाडौंको वीर अस्पतालका चिकित्सक धर्नामा, इमर्जेन्सीबाहेकका सेवा बन्द ।

 

२) वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) द्वारा ललितपुरको गोदावरी नगरपालिकालाई ५० थान होम आइसोलेसन किट प्रदान, किट होम आइसोलेसनमा रहेका संक्रमितलाई वितरण गरिने ।

 

३) निर्माण भएका सडकमा गाडी गुडाउन माग गर्दै बाजुराको बूढीनन्दा नगरपालिकाका स्थानीयले बुझाए नगरपालिकालाई ध्यानाकर्षण पत्र, गाडी नचल्दा स्थानीय सास्ती खेप्दै ।

 

४) ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले २४५ परिवारलाई सुरक्षित नागरिक आवासका लागि अनुदान रकम दिने, रकम पाउन लाभग्रहीले ग्लोबल आइएमई बैंकमा खाता खोल्नुपर्ने ।

 

५) कास्कीको मादी गाउँपालिकाको केन्द्र सारिने, याञ्जाकोटबाट वेत्याहनीमा केन्द्र सार्न गण्डकी प्रदेश मन्त्रिपरिषद्को बैठकले ग¥यो संघीय मन्त्रिपरिषद्मा सिफारिस ।

 

६) सिन्धुलीको कमलामाई नगरपालिका–६ दुई नम्बर बजारमा ग्लोबल आईएमई बैंकको शाखा उद्घाटन, नगरबासीले पाउने भए अब बैंकबाट सेवा ।

 

७) लालपुर्जा वितरण गर्न सर्लाहीका ६ स्थानीय तहमा भूमि आयोगको इकाइ कार्यालय स्थापना, भूमिहीन सुकुम्बासीले ३५ दिनभित्र आ–आफ्नो स्थानीय तहमा निवेदन बुझाउनुपर्ने ।

 

८) दैलेखको डुंगेश्वर गाउँपालिकाका अविवाहित महिला र एकल पुरुषले पनि भत्ता पाउने, मासिक पाँच सय रुपैयाँ भत्ता दिने पालिकाको निर्णय ।

 

९) वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र काठमाडौंले कर्णालीका पाँच वटा स्थानीय तहमा सौर्य विद्युत् प्रणाली जडान गर्न थाल्यो, अब गाउँ हुने भए झलमल्ल ।

 

१०) तामाङ समुदायको नयाँ वर्ष सोनाम ल्होसारको अवसरमा काभ्रेको नमोबुद्ध नगरपालिकाले तीन दिन सार्वजनिक बिदा दिने, आगामी माघ २८, २९ र ३० गते पालिकाअन्तर्गतका सम्पूर्ण कार्यालय बन्द हुने ।

 

११) काठमाडौं महानगरपालिका–३२ कोटेश्वरबाट तास खेलिरहेको अवस्थामा काभ्रे चौरीदेउरालीका ४१ वर्षीय यज्ञबहादुर गौतमलगायत ६ जना पक्राउ, पक्राउ परेकाको साथबाट नगद एक लाख ४७ हजार रुपैयाँ पनि बरामद ।

 

१२) प्रदेश २ को नीति तथा योजना आयोगले प्रदेश सरकारको पहिलो आवधिक योजना पुस्तक प्रकाशन ग¥यो, मुख्यमन्त्री लालबाबु राउतले गरे पुस्तक सार्वजनिक ।

 

१३) बर्दियाको बढैयाताल गाउँपालिकामा नागारिक सहायता कक्ष स्थापना, सेवाग्राहीलाई अब सहज हुने ।

 

१४)  दैलेखको आठबिस नगरपालिका–४ तिलेपाटामा एक व्यक्ति मृत अवस्थामा फेला परे, मृतक सोही नगरपालिकाका ५० वर्षीया नरतम नेपाली ।

 

१५) मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१९ बाट ११ किलो गाँजा बोकेको अटो र त्यसका चालक पक्राउ, पक्राउ परेका पर्साका राजेन्द्रबहादुर दमाईलाई प्रहरीले ग¥यो सार्वजनिक ।

 

१६) कोरोना कहरपछि बन्द रहेको कर्णाली प्रदेशको हिल्सा नाका अझै खुलेन, नाका नखुल्दा स्थानीय सास्ती खेप्दै ।

 

१७) नक्कली कागजात बनाएर सोलार र सुधारिएको चुलो जडान गरिदिने भन्दै जाजरकोटको नलगाड नगरपालिका र बारेकोट गाउँपालिकाका स्थानीयसँग रकम संकलन गर्ने चार जना पक्राउ, चार लाख रुपैयाँ पनि बरामद ।

 

१८) विश्व सीमसार दिवस विभिन्न कार्यक्रम गरी मनाइयो, नेपालमा सीमसार क्षेत्र नासिने क्रम भने जारी ।

 

१९) लमजुङ र मनाङ जोड्ने बेँसीसहर–चामे सडक तीन दिनका लागि बन्द, अब मस्र्याङ्दी गाउँपालिका–४ स्यागेनिरको सडकमा ढलान गरिने ।

 

२०) र, दोलखाबाट काठमाडौ आउँदैै गरेको बा२ख २७८९ नम्बरको बस लामोसाघु जिरी सडक खण्डको ९ किलोमा दुर्घटना हुँदा १५ जनाभन्दा बढी यात्रु घाइते ।