close

इतिहासका दुई फूल

Trulli
ADVERTISEMENT

कहिले नओइलाउने
इतिहासका दुई फूल
अहिले पनी हाम्रा आस्थामा फूलीरहेका छन ।

 

उनीहरुले स्वतन्त्रताको सपना देखे
समाजवादको विचार रोपे
त्यही सपना र विचार फक्रीएर
अहिले हामी स्वतन्त्र भएका छौं ।

 

कहिले नओइलाउने
इतिहासका दुई फूल
हो, उनीहरुकै आदर्श काँधमा बोकेर
उनीहरुको मार्गमा पाइला टेकेर
हामी निरन्तर हिंडिरहेका छौं
समाजवादको गोरेटोमा‘
हामी निरन्तर अभ्यासरत छौं
स्वतन्त्रताको लडाइँमा ।

 

सम्याउनुपर्छ– अझै यात्राका अवरोधहरु
उखेल्नुपर्छ– मौलाएको बेथिति
मिलाउनुपर्छ– नमिलेका सुरहरु
त्याग्नुपर्छ– स्वार्थका गजुरहरु
किनकि, हाम्रो आस्थामा मगमगाइरहेका छन्
इतिहासका दुई फूल ।

 

( कवि टि.पी .शर्मा तिमल्सिना नमोबुद्ध नगरपालिकाका मेयर हुनुहुन्छ )