close

नेतृत्व क्षमता विकास गर्न सिक्दै महिला जनप्रतिनिधि

नेतृत्व क्षमता विकास गर्न सिक्दै महिला जनप्रतिनिधि

Trulli
ADVERTISEMENT

वालिङ- स्याङ्जाको वालिङका निर्वाचित महिला जनप्रतिनिधिका लागि ३ दिने नेतृत्व तथा सञ्चार सीपसम्बन्धी तालीम प्रदान गरिएको छ ।


वालिङ नगरपालिकाले महिला जनप्रतिनिधिको क्षमता तथा सञ्चार क्षमताको विकासलाई अभिवृद्धि गर्न ३ दिने तालिम आयोजना गरेको हो ।

 

कार्यक्रम उद्घाटन गर्दै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले नेतृत्व विकास तथा सञ्चार विकास तालिमले महिला जनप्रतिनिधिलाई थप क्षमतावान बनाउने बताए । तालिमबाट सिकेका सीपलाई कार्यान्वयनमा ल्याउन उनले सुझाए ।


जनप्रतिनिधिले फरक-फरक क्षेत्रका नागरिकसँग सहकार्य गर्दै अगाडि बढ्नुपर्ने भएकाले क्षमतावान बनाएर नेतृत्व गर्न सक्ने स्तरमा पुर्‍याउन तालिम आयोजना गरिएको अधिकृत ज्ञवालीले बताए । 


नगरका १४ वटा वडाबाट निर्वाचित महिला जनप्रतिनिधिसहित ३१ जनाको सहभागिता रहेको तालिममा पत्रकार महासंघ कास्कीका उपाध्यक्ष विमला भण्डारीलगायतले सहजीकरण गरेका थिए ।