close

सर्वाेच्चमा मुद्दा विचाराधीन रहेकै बेला संवैधानिक आयोगका पदाधिकारीको सपथ

दुईको योग्यता पुगेन, दुईले गरे अस्वीकार

सर्वाेच्चमा मुद्दा विचाराधीन रहेकै बेला संवैधानिक आयोगका पदाधिकारीको सपथ

दुईको योग्यता पुगेन, दुईले गरे अस्वीकार

Trulli
ADVERTISEMENT

काठमाडौं- सर्वोच्च अदालतमा परेको रिट विचाराधीन रहेकै अवस्थामा संवैधानिक आयोगमा नियुक्तिका लागि सिफारिस पदाधिकारीले बुधबार सपथ लिएका छन् ।

 

नियुक्ति सिफारिस असंवैधानिक भन्दै दायर रिटको टुंगो नलाग्दै संवैधानिक परिषद्ले नियुक्तिका लागि सिफारिस गरेका पदाधिकारीलाई बुधबार राष्ट्रपति कार्यालय शीतलनिवासमा सपथ गराइएको हो ।


३० मंसिरमा अध्यादेश ल्याएर गरिएको नियुक्ति सिफारिस असंवैधानिक भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता ओमप्रकाश अर्यालले रिट दर्ता गराएका थिए । उनीहरूले अध्यादेश नै संविधानको मर्मविपरीत रहेको भन्दै खारेजी र उक्त अध्यादेशअन्तर्गत भएका सिफारिस बदर माग गर्दै अदालत पुगेका थिए । 

 

संवैधानिक इजलासले सुनुवाइ गर्नुपर्ने सो मुद्दा प्रतिनिधिसभा विघटनको बहस सुरु भएपछि ओझेल परेको छ । राष्ट्रपति कार्यालय शीतलनिवासमा अख्तियार र निर्वाचन आयोगसहितका आयोगमा सिफारिस गरिएका पदाधिकारीलाई सपथ गराइएको हो ।


मंगलबार पुनः वरिष्ठ अधिवक्ता त्रिपाठीले संवैधानिक परिषद् बैठकबाट नियुक्तिका लागि गरिएको सिफारिस कार्यान्वयन नगर्न र नगराउन माग गर्दै अदालतमा अर्को निवेदनसमेत दर्ता गराएका थिए ।

 

रिटमा अर्याल र त्रिपाठीले केपी ओली नेतृत्वको सरकारले ल्याएको अध्यादेश बदर गर्नुपर्ने माग गरेका छन् भने दोस्रो रिटमा त्रिपाठीले सिफारिस कार्यान्वयन नगर्न र नगराउन अन्तरिम आदेश माग गरेका छन् ।

 

संविधानको धारा २९२ ले संसदीय सुनुवाइबिना संवैधानिक निकायका पदाधिकारी नियुक्त हुन नसक्ने परिकल्पना गरेको छ । 

 

कुन आयोगमा कसको नियुक्ति :-


अख्तियार दुरुपयोग अनुसन्धान आयोग 
प्रमुख आयुक्त: प्रेमकुमार राई
आयुक्त: जयबहादुर चन्द
आयुक्त: किशोर सिलवाल


मानव अधिकार आयोग
अध्यक्ष: तपबहादुर मगर
सदस्यहरू :
मनोज दुवाडी
डा. सूर्य ढुंगेल
लिली थापा
मिही ठाकुर

 

निर्वाचन आयोग
आयुक्तहरू :
रामप्रसाद भण्डारी
डा. जानकी तुलाधर

 

वित्त आयोग
जुद्ध गुरुङ
अमरराज मिश्र

 

महिला आयोग
अध्यक्ष: कमलाकुमारी पराजुली
कृष्णकुमारी पौडेल खतिवडा
विद्याकुमारी सिह्ना

 

दलित आयोग
अध्यक्षः देवराज विक
सदस्यहरू:
मीना सोब
परशुराम रम्तेल
कुञ्ज बराइली
मेहेले पार्की

 

समावेशी आयोग
अध्यक्ष: मनप्रसाद खत्री
सदस्यहरू :
रामचन्द्र जोशी
हरिभक्त जोशी
जितेन्द्र पासवान

 

आदिवासी आयोग
अध्यक्ष: रामबहादुर थापा
सदस्यहरू :
मीन श्रीस मगर
मीनसिंह लामा
रीना राना
चरण राई

 

मधेसी आयोग
सदस्यहरू:
जीवच्छ साह
रेणुदेवी साह
विजय गुप्ता

 

थारु आयोग
सदस्यहरू:
विकास चौधरी
बबिता चौधरी
सुबोधसिंह थारु
भोलाराम चौधरी

 

मुस्लिम आयोग
महमुद्दीम अलि
मिर्जाअर्सद बेग